RUMPUM
animated ellipse animated ellipse

राजविराजले जित्यो प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिता उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ चैत्र २०७८, शनिबार १६:२८
2.3k
Shares
पुष्पराज थपलिया
विराटनगर / मदेश प्रदेशको राजविराज सप्तरीले प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा उपाधि जितेको छ । उपाधि जितेको राजविराजले नगद १ लाख १ हजार तथा ट्रफि हात पारेको छ ।

विराटनगर महानगरपालीकाको आयोजना तथा होराइजन क्रिकेट क्लवको संयोजनमा विराटनगर–१९ मा रहेको झापा वैजनाथपुरको खेल मैदानमा आज भएको फाइनल खेलमा मदेश प्रदेशकै जनकपुर उपमहानगरपालिकालाई १० रनले पराजित गर्दै उपाधि जितेको हो । उप विजेता जनकपुरले ५१ हजार र ट्रफि मा चित्त बुझायो ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । राजविराजकालागि नेपालको अन्तर्राष्ट्रिय ब्याटर विवेक यादवले २१ बनाउँदा पूर्व अन्तर्राष्ट्रिय ब्याटर महबुब आलमले १४ रन,अभिहेक कार्कीले १३ रन र अमित यादवले ११ रन बनाए । जनकपुरका सुमन राँयले ४ ओभरमा ९ रन दिएर ३ विकेट लिँदा सुजित मण्डल र रुपेश यादवले२–२ विकेट तथा विशाल सुस्लिङले १ विकेट लिए ।

९८ रनको सामान्य रनको लक्ष पाएको जनकपुरले पुरै २० ओभर खेल्दै ८७ रनमा सिमित भयो । जनकपुरकालागि विशाल सुस्लिङले ३३ रन जोड्दा विक्रान्त यादवले अविजित १९ रन तथा अकवर अली र रन्जित यादवले ११–११ रनको योगदान दिए । राजविराजका विकाश दासले ३ विकेट लिँदा नेपाली राष्ट्रिय टोलीका खेलाडी विवेक यादवले २ विकेट र विश्वकिर्तीमानधारी बलर महबुव आलम १ विकेट लिए ।

फाइनल खेलको म्यान अफ द फाइनल राजविराजका अलराण्डर खेलाडी विवेक यादव घोषित भए । त्यस्तै म्यान अफ द सिरिज जनकपुरका हरिशंकर साह घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए । उत्कृष्ट ब्याटर राजविराजका विकाश दास र उत्कृष्ट बलर राजविराकै अनिल यादव घाषित भए । उनीहरु दुवै जनाले नगद ५–५ हजार पुरस्कार हात पारे ।

विजयी तथा अन्य खेलाडीलाई विरानगरमहानगर पालिकाका प्रमुख भीम पराजुली, राखेपका पूर्व सदस्य सचिव सुधिर अर्याल, होराइजन क्रिकेट क्लवका अध्यक्ष सुनिल पौडेल, नेपालका पूर्व अन्तर्राष्टिय खेलाडी पारस लुनिया, पूर्वाञ्चलका पूवै प्रशिक्षक राजकुमार दास र मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष नविन घिमिरेलगायतले पुरस्कार तथा ट्रिफि वितरण गरे ।

प्रतियोगितामा प्रदेश १ को आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मदेश प्रदेशको विरगञ्ज महानगरपालिका, जनकपुरधाम उपनगरपालिका र राजविराज नगरपालिका सहभागि भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर