अन्तर विद्यालय चित्रकला प्रतियोगितामा समिक्षा र विवस भए प्रथम

खबर पूर्वाञ्चल, ४ असार २०७९, शनिबार १८:५२
333
Shares
विराटनगर / प्याब्सन मोरङको आयोजना जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । मोरङको बेलबारीमा आज अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।

अन्तर विद्यालय स्तरीय चित्रकला प्रतियोगिताको जुनियरतर्फको प्रथम अरुणोदय स्कुली समिक्षा तामाङ्ग भइन् । यसैगरि द्धितीय लडबुद्ध स्कुलकी अनिसा राई, तृतीय भानुभक्त स्कुलकी अमिरल कार्की र चौथो कुडोस स्कुलका रिचेल राई घोषित भए ।

यसैगरि सिनियरतर्फको प्रथम मोरङको मिक्लाजुङको क्लासिकल स्कुलका विवस श्रेठ, द्धितीय उर्लाबारीको शुभकामना स्कुलकी पूर्णिमा रसाइली, तृतीय मिक्लाजुङको रिलाइन्स स्कुलका सविन थापा र चौथो विराटनगरको मदरटेरेसा स्कुलका संस्कृति नकर्मी घोषित भइन् । प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र चौथो हुने प्रितियोगिहरूले क्रमश नगद ५, ४, ३ र १ रुपैयाँको साथै ट्रफि प्राप्त गरेका थिए ।

विद्यालयहरूमा भएको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले प्याब्यसनले आयोजना गरिएको प्रतियोगिताको फाइनलमा ७३ जना विद्यार्थीहरू पुगेका थिए ।

चित्रकला प्रतियोगिताको निर्णायकहरूमा महेन्द्र राई, नरबहादुर श्रेष्ठ र युवराज रिजाल रहेका थिए । विजेता हुने विद्यार्थीहरूलाई प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादव, प्याब्सनको केन्द्रीय उपाध्यक्ष राजेशकुमार दास, सचिव हेमन्त कार्की, मोरङकी अध्यक्ष सीतला सुब्बालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा प्याब्सन प्रदेश १ का अध्यक्ष टिकाराम ढकाल, उपाध्यक्ष अर्जुन बस्नेत, शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५