AArya
RUMPUM
animated ellipse animated ellipse

प्रत्येक व्यक्ति सचेत भए मात्र दुर्घटना न्यूनिकरण हुन्छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ असार २०८०, मंगलवार १७:०८
162
Shares
विराटनगर / सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले कोशी प्रदेशमा ट्राफिक सप्ताह सुरू भएको छ । १४ जिल्ला रहेको कोशी प्रदेशमा एक समारोहको बिच ट्राफिक सप्ताह सुरू भएको हो ।

उक्त सप्ताहको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे । सप्ताहको उदघाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनिकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए । सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढिरहेको उनले बताए ।

यातायाता व्यवसायि, सवारी चालक,ट्राफिक प्रहरी,नेपाल प्रहरी लगायतका सरोकारवाला क्षेत्रहरु बीच आपसी सहकार्य गरी काम गर्न सकेमा दुर्घटना कारण वर्षेनी हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उनको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले सडक दुर्घटना न्यूनीकरण गर्न आवश्यक पर्ने सबै खालको व्यवस्थापकीय कार्यका लागि सहकार्य गर्न प्रदेश सरकार तयार रहेको पनि प्रस्ट पारे ।

सङ्घीय कानूनको अभावमा प्रदेश सरकार आफैले गर्नुपर्ने कतिपय कार्यहरु पनि गर्न नसकेको जानकारी गराउँदै तर त्यस्ता कार्यहरु सहकार्य मार्फत हुँदै आएको उनले बताए ।
मुख्यमन्त्री कार्कीले अघिल्लो वर्षहरुको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगामी वर्षहरुमा थप सुधार हुने गरी काम गरेर सुन्यमा झार्नुपर्ने बताए ।

कार्यक्रममा कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाले प्रदेशमा सवारी दुर्घटना भयावह बन्दै गएको बताए । सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लङ्घनलगायत कारणले दुर्घटना भयावह बन्दै गएको उनले बताए । भयावह अवस्थामा रहेको दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको उनले बताए ।

प्रदेशमा आर्थिक बर्ष २०७५÷७६ मा ३७३ जनाले सवारी दर्घुटनामा परेर ज्यान गुमाएका छन् । २०७६÷७७ मा ३३२ जना २०७७÷७८ मा ४४४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्याम कुमार महतोले जानकारी दिए । गत वर्षमात्रै यस प्रदेशमा ३ हजार ८२० दुर्घटनामापरी ५३१ जनाको र्मत्यु भएको उनले बताए । जसमा १ हजार १ सय १४ जना गम्भीर घाइेत र ५ हजार ३३५ जना समान्य भाइते भएका छन् । उनका अनुसार वर्षेनी ८० प्रतिशत दुर्घटना वृद्धि भएको उनले बताए । अधिकांश सवारी दुर्घटनाहरुमा मानवीय क्रुटि प्रमुख कारणको रुपमा रहेको उनले बताए ।

चालक र सडक प्रयोगकर्ताहरुले ट्राफिक नियमको पूर्ण पालना गरेको खण्डमा दुर्घटनामा न्यूनीकरण हुने उनले बताए । ‘दुर्घटनाको मानवीय कारणहरुको विश्लेषण गर्दा ५३ प्रतिशत दुर्घटना तीव ग्रतिका कारण देखिएको छ । १६ प्रतिशत दुर्घटना चालकको लापरबाही, १० प्रतिशत दुर्घटना चालकले मादक पदार्थको सेवन गरी सवारी चलाउँ र ७ प्रतिशत दुर्घटना चालक अनुमति पत्र नलिएर दुर्घटना भएको देखिएको छ,’ उनले भने, ‘१२ प्रतिशत दुर्घटना सडक प्रयोगकर्ताहरुले असावधानीपूर्वक सडक प्रयोग गरेको कारणले दुर्घटना भएको देखिएको छ । ’ यसरी भएको दुर्घटनालार्य नजिकबाट नियाल्दा ५७ प्रतिशत दुर्घटनामा मोटरसाइकल, १६ प्रतिशत दुर्घटना सिटी, इ रिक्सा तथा टेम्पो र ११ प्रतिशत दुर्घटनामा साना सवारी साधानहरुको संलग्नता रहेको एसपी महत्तोले जानकारी गराए । ‘सवारी साधनका चालकहरु र सडक प्रयोगकर्ताले ट्राफिक नियमकोपालना नगर्नु कानुनत ः दण्डनीय कसुर हो भनि आत्मसात गरी ट्राफिक नियमको पालनामा पूर्ण प्रतिवद्धता हुन सकेको खण्डमा मात्र दुर्घटना न्यूनिकरणतर्फ आशतीत सफलता प्राप्त गर्न सकिन्छ,’ उनले भने ।

सप्ताहको पहिलो दिन विराटनगर बसपार्कबाट सचेतनामूलक ¥याली निकालिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको स्थानीय संयोजत्नमा भएको निक्लिएको ¥याली महेन्द्र चोक हुदै सिटी प्यालेसमा पुगेर भव्य कार्यक्रम भएको थियो ।

ट्राफिक सप्ताह अन्र्तगत दोस्रो दिन पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, तेस्रो दिन पार्किङ एवं सडक, पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गरिने कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठले जानकारी दिए ।

तेस्रो दिन स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा ट्राफिक संकल बोर्डहरु राख्ने, सडकमा राखिएका निमार्ण सामाग्रीहरु हटाउने र सडकमा भएका खाल्डा खुल्डीहरुलाई सरोकारवाला नियकाहरु सँग समन्य गरी ममर्तन गर्न लागउने कार्यक्रम रहेको छ । यस्तै चौथो दिन विराटनगर बसपार्कमा सवारी चालकहरुलाई सचेता कार्यक्रम र पाँचौ दिन सचेता, छैटौ दिन चालकको स्वास्थ्य जाँच र सवारीको यान्त्रिक चेकजाच र अन्तिम दिन अन्र्तक्रिया कार्यक्रम गर्दै समापन गरिने ट्राफिक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर