पछिल्लो २४ घण्टामा प्रदेश १ मा १३ जना संक्रमितको मृत्यु, मृतकको संख्या १४ सय नाघ्योे

खबर पूर्वाञ्चल, ३० असार २०७८, बुधबार १७:३५

विराटनगर / पछिल्लो २४ घण्टा अवधिमा प्रदेश १ मा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या १४०४ पुगेको छ । जस्मा ४२० महिला र ९८४ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी झापा स्थायी घर भएका ४ जना संक्रमित रहेका छन् भने मोरङ, उदयपुर र तेह्रथुमका २–२ जना संक्रमति रहेका छन् । त्यस्तै धनकुटा, भोजपुर र ओखलढुंगा स्थायीघर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

विराटनगरको कोशी कोभिड उपचार केन्द्र, धरानको विपि कोइराला विज्ञान प्रतिष्ठान, जिल्ला अस्पताल तेह्रथुम, आम्दा अस्पता दमकमा २–२ जना संक्रमितको मृत्यु भएको छ भने विर्तामोडको विर्तासिटि अस्पताल, लाइफलाइन अस्पताल दमक, मिसन अस्पताल ओखलढुंगा, जिल्ला अस्पताल धनकुटा र होम आइसोलेन्समा १–१,संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५