AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खैरोहिरोईन सहित ४ जना मोरङबाट पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७७, आईतवार १५:००
594
Shares
पथरी / मोरङ पथरी शनिश्चरे ४ स्थितमा रहेको एक घरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही स्थानका १९ बर्षीय साजन राई,२२ बर्षीय छिरीङ राई र २४ बर्षीय नवराज राई रहेका छन भने भोजपुर साल्पासिलोछो २ का १९ बर्षीय निराज राई रहेका छन्।

घरमा लागुऔषध बिक्री वितरण गरिरहेको भन्ने विशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चारै जनालाई आज मध्य राती साढे १२ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनीहरु उपर चेकजाँच गर्दा ६ सय ३० मिलिग्राम खैरोहिरोईन ब्राउनसुगरसहित ट्रामाडोल ९० ट्याब्लेट, स्पास्र्पन ५४ ट्याब्लेट लागुऔषध, ४ राउण्ड गोली, १ थान खोका, १ थान खुकुरी, नगद ६ हजार ७ सय ३० रुपैया र उनीहरुले प्रयोग गरेको को १४ प ४७२५ नम्बरको मोटरसाईकल लगायतका सामानहरु फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

पक्राउ परेका चारै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर