पछिल्लो घण्टामा १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा ३६६ जनामा संक्रमण पुष्टि, १२ जना संक्रमितको मृत्यु

२६८ जना संक्रमणमुक्त
खबर पूर्वाञ्चल, ४ श्रावण २०७८, सोमबार १७:१४

विराटनगर । पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा ३६६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या ७८ हजार ५५५ पुगेको छ । संक्रमित भएका मध्ये ७१ हजार ४२६ जना संक्रमणमुक्त भएका भएका । सक्रिय संक्रमितको संख्या ५ हजार ६६१ रहेको छ ।

सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह र दुहवीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको विर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बा¥हदशी र कचनकवलमा १–१ संक्रमित थपिएका छन्

यता मोरङको विराटनगरमा ५२, सुन्दरहरैचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा प्रदेश १ मा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै प्रदेशमा मृतकको संख्या १४६८ पुगेको छ । जस्मा ४५० महिला र १०१८ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी मोरङ स्थायी घर भएका ५ जना संक्रमित रहेका छन भने धनकुटा र ताप्लेजुङका २–२ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै सुनसरी, प्रदेश १ बाहिर र झापा स्थायी घर भएका १–१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै २६८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । जस्मा १११ महिला र १५७ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५