AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

२६ सय २३ संक्रमित एआरटी सेवाको पहुँचमा कोशी प्रदेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०८३, शुक्रबार १७:२०
54
Shares
विराटनगर / कोशी प्रदेशमा २ हजार ६ सय २३ जना एचआईभी संक्रमितले नियमित रूपमा एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेवा लिइरहेका छन् ।

एड्स हेल्थ केयर फाउण्ढेशन (एएचएफ) सँगको समन्वयमा प्रदेशका ११ स्थानमा सञ्चालित केन्द्रमार्फत उनीहरूले स्वास्थ्य सेवा लिइरहेका हुन् ।

विराटनगरमा आज आयोजित एक कार्यक्रममा एएचएफ नेपालका मेडिकल एडभाइजर डा. उन्नत श्रेष्ठले देशभर ३० हजारभन्दा बढी संक्रमित रहेको जानकारी दिँदै कोशी प्रदेशमा पनि संक्रमितको संख्या र उपचारमा पहुँच बढ्दो क्रममा रहेको बताए । उनका अनुसार विशेषगरी यौनकर्मी, समलिंगी, कैदीबन्दी र वैदेशिक रोजगारीबाट फर्किएकाहरूमा संक्रमणको दर बढी देखिएको छ ।

सन् २०३० सम्ममा एचआईभी एड्सलाई जनस्वास्थ्यको समस्याका रूपमा अन्त्य गर्ने रणनीति लिएको छ,’ डा। श्रेष्ठले भने, ‘यसका लागि सबै पक्षको सक्रिय साथ र सहयोग आवश्यक छ ।’

स्वास्थ्य कार्यालय मोरङका प्रमुख योगराज घिमिरेले संक्रमणको फैलावट रोक्न समुदायस्तरमा सचेतना फैलाउनु नै मुख्य चुनौती रहेको औंल्याए । कोशी प्रदेशमा रहेका कुल संक्रमितमध्ये २५ देखि ४९ वर्ष उमेर समूहका व्यक्तिहरूको संख्या अत्यधिक रहेको उनले जानकारी दिए । उत्पादक उमेर समूह नै बढी प्रभावित हुनुले समाजमा थप चुनौती थपेको स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

एआरटी केन्द्रहरूले संक्रमितको सहजताका लागि विभिन्न सेवाहरू निः शुल्क उपलब्ध गराउँदै आएका छन् । केन्द्रहरूबाट एचआईभी परामर्श तथा परीक्षण, कन्डम वितरण, एआरटी औषधि, यौन रोगको परामर्श, भाइरल लोड परीक्षण, ईआईडी परीक्षण र पीएमटीसीटी आमाबाट बच्चामा सर्ने संक्रमण रोक्ने सेवा उपलब्ध हुने घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर