खबर पूर्वाञ्चल
सभामुख भण्डारीले प्रदेश सभाको नियमावली २०७४ को नियम ३५ वमोजिम यही जेठ २३ गते प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका हुन् । उनले पत्रमा यही जेठ २५ गते वसेको छैठो तथा बजेट अधिवेशनको आठौ वैठकमा धन्यवादको प्रस्ताव प्रस्तुत भई सदनवाट सर्वसम्मत रुपमा पारित भएको जानकारी गराउँदै प्रदेश सभा तथा आफ्नोतर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।