MERRYLAND
KANTIPUR COLLEGE

मोरङ एमालेमा पदाधिकारी निर्विरोध, अध्यक्षमा पुनः पोखरेल

खबर पूर्वाञ्चल, २४ पुष २०७८, शनिबार १८:४१
774
Shares

विराटनगर / नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारीमा निर्विरोध चयन गरिएको छ । पदाधिकारीमा ५ जनाकोमात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

निर्वाचन तालिका अनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्तिकुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेद्वारी परेको हो । उक्त पदमा अन्यको उम्मेद्वारी नपरेपछि स्वतः निर्विरोध भएको हो ।

यसै गरी १६५ जनाको जिलला समितिमा ४ सयको हाराहारीमा उम्मेदवारी परेको बताइएको छ । उम्मेदवारी फिर्ताको समय भोलि दिउँसो ३ बजेसम्मका लागि राखिएको छ ।

मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा व्हिान १० बजेदेखि हुने बताइएको छ । नेतृत्व टुगो लागिसकेकोले भोलि सम्ममा सदस्य पदमा समेत सर्व सम्मत हुन सक्ने एमालेकै नेताहरूको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

SAGARMATHA
GREENLAND
Export
ORCHID
ARNIKO
Arya-hospital-add-banner
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५