RUMPUM
animated ellipse animated ellipse

विराटनगर खोप काण्डको एमालेद्धारा भत्र्सना

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ श्रावण २०७८, बिहीबार १८:४३
2.68k
Shares
विराटनगर / विराटनगर ५ मा बुधबार राती महानगरका मेयर भीम पराजुलीले मापदण्ड विपरित खोप लगाईदिएको विषयमा नेकपा एमाले महानगर कमिटीले भत्र्सना गरेको छ ।

नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले आज विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका हुन । बुधबार राती मेयरको नेतृत्वमा विराटनगर ५ का नेपाली काँग्रेसका बुथ सभापति विमलराज भण्डारीको घरमा केभिड १९ विरुद्धको भेरोसेल खोप लगाउँदै गरेको अवस्थामा स्थानीय बासीले मेयरलाई लखेटेपछि घटना सार्वजनिक भएको थियो । सोही घटना पछि आम महानगरवासीको भावनामाथि खेलवाड गरेको प्रतिक्रिया दिँदै थापाले घटनाको निन्दा गरेका हुन । उनले विज्ञप्ति मार्फत घटनाको छानवीन गर्दै दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

आफै गएर खोप लगाउन निर्देशन दिने, उभिएर हेर्ने, आसेपासेलाई बोलाउने अनि म गएको छैन भन्दै वक्तव्यवाजी गरेर घटना लुकाउने प्रयत्न प्रति पनि उनले खेद व्यक्त गरेका छन् । नेकपा एमालेको सरकार हुँदै ल्याईएको खोपलाई पूर्वाग्रह साँधेर आफ्नै आसेपासेलाई घर घरमा लगाईदिने घटनाले लज्जित बनाएको थापाले बताए । उनले आजै प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री उषाकला राईलाई समेत विराटनगरमा थप खोप उपलब्ध गराउनका लागि माग गरेका छन् । उनले भेटेरै त्यस्तो माग गरेका हुन ।

विज्ञप्तिमा कोरोनाबाट ज्यान गुमाएका नागरिक प्रति समवेदना प्रकट गर्दै उपचारार्थ रहेका नागरिकको स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर