AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

५० करोडको कारोवार गर्दै सकियो विराट ट्रेड एक्स्पो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०८२, शनिबार २१:०३
171
Shares

५० करोडको कारोवार गर्दै सकियो विराट ट्रेड एक्स्पो महोत्सवले राष्ट्रको आर्थिक क्षेत्रमा नविन उत्साह सञ्चार गरेको– उद्योग मन्त्री सिन्हा

 

विराटनगर / संघीय उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले राष्ट्रको आर्थिक तथा व्यवसायिक क्षेत्रमा महोत्सवले नविन उत्साह सञ्चार गरेको बताएका छन् ।

मोरङ उद्योग ब्यापार संघ विराटनगरले पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगर–१ मा सञ्चालित ‘विराट ट्रेड एक्स्पो’ को आज साँझ समापन गर्दै उनले यस प्रकारको एक्स्पोले नविनतम प्रविधि र व्यवसायिक सञ्जाल निर्माण गर्न महत्वपुर्ण योगदान पु¥याउने बताए ।

मन्त्री सिन्हाले नेपालको औद्योगिक विकासमा विराटनगरको अन्त्यन्त गौरवशाली इतिहास रहेको चर्चा गर्दै उद्यमशिलताको विकासमा यस क्षेत्रका अग्रज उद्यमीहरुले दुरदर्शी रुपमा मुलुकमा औद्योगीक क्रान्ती ल्याएको बताए। उनले कोशी प्रदेश आर्थिक समृद्धिको असिम सम्भावना वोकको आद्योगिक क्षेत्र भएको चर्चा गर्दै यस क्षेत्रले १६ प्रतिशत ग्राहस्थ उत्पादन र २५ प्रतिशत औद्योगीक उत्पादन गरी राष्ट्रलाई योगदान पु¥याएको बताए ।

मन्त्री सिन्हाले नेपाल –भारत परिवहन सन्धीको संशोधनले कलकत्ता र विशाखापटनम वन्दरगाहवाट विराटनगर जोगवनीसम्म रेलमार्फत सवै किसिमका कार्गो ढुवानीको कानुनी बाटो खुललाले व्यापार सहजीकरण र ढुवानी भाडा घट्ने विश्वास जनाए । उनले वर्तमान सरकार फागुन २१ गते निर्वाचन सम्पन्न गरी राष्ट्रलाई राजनीति स्थायित्वको मार्गमा अग्रसर गराउन अगाडि वढेको बताए ।

मन्त्री सिन्हाले वर्तमान सरकार युवाशक्तिलाई अधिकतम रुपमा राजनैतिक अग्रपङती लैजान प्रतिवद्ध रहेको धारणा राख्दै सोही अनुसार प्रतिनिधि सभाको निर्वाचनको तयारी तीव्र रुपमा अगाडि वढाएको बताए ।

संघका अध्यक्ष अनुपम राठी, एक्स्पोका संयोजक अमितकुमार सारडा र पूर्व अध्यक्ष नविन रिजालले एक्स्पोले नयाँ उद्यमी र व्यवसायी जन्माउन सहयोग पु¥याउने विश्वास जनाए ।

एक्स्पोमा नेपालका घरेलु, साना, मझौला तथा ठुला उद्योगहरुका उत्पादन, अटोमोवाइल क्षेत्रका साथै भारत, बंगलादेश, पाकिस्तानका उत्पादित वस्तुहरु दुई सय स्टलबाट विक्री वितरण भएको थियो ।

एक्स्पोमा तीन लाख स्वदेशी तथा भारतीय दर्शकहरुले अवलोकन गर्नुका साथै करिव ५० करोडको कारोवार भएको आयोजकले जनाएको छ।

संघले यसअघि विस २०५३, २०५७, २०६२, २०७०, २०७५, २०७८ र २०७९ एक्स्पो आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर