AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ट्राफिक सचेतना फैलाउन सामाजिक सञ्जालमा भिडियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७८, सोमबार १९:२८
477
Shares
विराटनगर /ट्राफिक सचेतना अभिवृद्धिका लागि सचेतनामुलक भिडियोहरु बनाएर ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा लगाउने गरेको छ ।

सामाजिक सञ्जाल टिकटकमा गण्डकी प्रदेश ट्राफिक प्रहरी, कार्यालयले ट्राफिक सचेतना अभिवृद्धिका लागि सचेतनामुलक भिडियोहरु बनाउँदै अपलोड गर्न थालेको हो । नजिकिँदै गरेको बडादसैंलाई लक्षित गर्दै कार्यालयले नयाँ योजना ल्याएको हो ।

यस अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने कार्यालयको विश्वास छ। टिकटकमा कार्यालयको @gandakiprovincetraffic नाम रहेको छ । हालसम्म कार्यालयले ८ वटा भिडियो अपलोड गरेको छ। भिडियोहरु सबै ट्राफिक प्रहरी सम्बन्धी सचेतनामूलक रहेको छ।

टिकटकमार्फत सामाजिक सञ्जालकर्ताहरु जनचेतनामूलक सन्देशहरुबाट लाभान्वित हुने अपेक्षा रहेको गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रभु ढकालले जानकारी दिए।

गण्डकी प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन तथा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ भिडियो बनाएर टिकटकमा अपलोड गर्न थालिएको एसपी ढकालले बताए।

सचेतना कार्यक्रमअन्तर्गत ट्राफिक उज्यालो कार्यक्रम, पैदलयात्री प्रशिक्षण, प्लेकार्ड र फ्लेक्स बोर्ड प्रदर्शन, मापसे, लेन तथा सवारी दुर्घटना गर्ने चालकउपर दैनिक कक्षा, स्कुल र कलेजमा ट्राफिक कक्षा आदि मार्फत ट्राफिक सचेतना पनि प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर