मानव सेवा आश्रममा खाद्यान्य सहयोग

खबर पूर्वाञ्चल, २६ भाद्र २०७९, आईतवार २०:०१
153
Shares
विराटनगर / विराटनगरका युवा व्यवसायी सुमन प्रसाईँले आफ्नो जन्मदिनको अवसर पारेर मानव सेवा आश्रममा खाद्यान्य सहयोग गरेका छन् ।

आज परेको जन्मदिनमा प्रसाइले विराटनगरमा रहेको आश्रममा खाद्यान्य र फलफुल बितरण गरेका हुन् ।

हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी दिने प्रचलन रहेको छ । तर, युवा व्यवसायी प्रसाईँले फजुल खर्च नगरी आफ्नो जन्मदिन आश्रम पुगेर जन्मदिन मनाएका हुन् ।

उनले मानव सेवा आश्रममा पुगेर खाद्यान्न, फलफूललगायत ३५ हजार मूल्य बरावरको सामाग्री वितरण गरे । आश्रममा रहेका रहेका बालबालिका र ज्येष्ठ नागरिकहरूलाई फलफूल र भोजन पनि गराए ।

उनले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष यसरी मनाउँदै आएका छन् । मानव सेवा आश्रमले सडकमा जीवन बिताउँदै आई रहेका मानिसहरूलाई सेवा पु¥याउँदै आइरहेको छ । उक्त आश्रमले अर्ध चेत अवस्थाका आमाबुवा हेरचाह गर्दे आएको छ ।

हजारौँ खर्च खर्चिएर रेस्टुरेन्ट होटेलमा पार्टी गरिनुभन्दा पनि त्यही खर्च सामाजिक कार्यका लागि खर्चिँदा समाजमा राम्रो सन्देश जाने भएकाले आश्रममा जन्मदिन मनाएको उनले बताए । युवा व्यवसायी प्रसाईँको विराटनगरमा सितराम फुड्स एन्ड प्याकेजिङ्ग उद्योग रहेको छ । उनले यसअघि पनि बाढीपीडितहरूलाई सहयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५