एभरेष्ट र बुढानिलकण्ठलाई अन्तर विद्यालय टेवलटेनिसको उपाधी

खबर पूर्वाञ्चल, १२ जेष्ठ २०८०, शुक्रबार १९:३१
261
Shares
विराटनगर / पहिलो अन्तर विद्यालय टेबुलटेनिस प्रतियोगिताको उपाधि विराटनगरका तीन वटा विद्यालयले जितेको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा आज सम्पन्न भएको प्रतियोगितामा विराटनगरको एभरेष्ट, बुढानिलकण्ठ र सेन्टम्यारिज स्कुलले उपाधि जितेको हो ।

प्रतियोगिताको सब जुनियर छात्रतर्फ बुढानिलकण्ठ स्कुलका रिजन पाण्डे प्रथम, सगरमाथा स्कुलका अभिषेक मुखिया दोश्रो भएका छन् । यस्तै तेश्रो मोरङ पब्लिक स्कुलका रिजुल निरौला र सगरमाथाका अमन साह भए ।

सोहि समुहको छात्रातर्फ एभरेष्ट स्कुलका कृपा पोखरेल प्रथम, श्री श्री रविशंकर विद्यालयका स्वाति साह दोश्रोे र तेश्रो एभरेष्टका बंसिका जैन तथा सेन्टम्यारिजका आस्था खड्का भइन् ।
यसैगरी जुनियर सिंगल छात्रतर्फ एभरेष्टका सुशान्त मेहता प्रथम, बुढानिलकण्ठका रुपेस श्रेष्ठ दोश्रो भएका छन् । तेश्रो जेसी बाल सदनका रिसित साह र सगरमाथाका सोमु महतो भए । सोहि बिधाको छात्रातर्फ सेन्टम्यारिजका आरनबी भट्टराई प्रथम, सोहि विद्यालयका अपाला साह दोश्रो, विज्ञता थापा र स्वीकृति भट्टराई तश्रो भएकी छिन् ।

प्रतियोगिताको छात्र जुनियरतर्फको बेस्ट प्लेयरमा पुर्वाञ्चल विद्या सदनका अस्मिन तामाङ र छात्रातर्फ गोदावरी स्कुलका प्रसन वगाले घोषित भएका छन् । प्रतियोगिताको उदियमान खेलाडी पिटरप्यानका निरजजंग थापा घोषित भए । सोही अवसरमा टेवल टेनिस खेलाडी विश्व बानिया सम्मानित भए ।

विजय हुने खेलाडीहरुलाई विराटनगर १६ का वडाध्यक्ष उद्धव थापा, फार्क क्लवका अध्यक्ष धनकुमार लामा, नेपाली काग्रेसका नेता राजेश कुमार गुप्ता लगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५