खबर पूर्वाञ्चल
मुख्यमन्त्री कडेलले संघीय संरचनालाई बलियो बनाउन कानुनी र संरचनामा देखिएको जटिलता फुकाउन आवश्यक रहेको बताए। कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन शत्रमा शुभकामना व्यक्त गर्दै उनले देशको अबको यात्रा सम्वृद्ध नेपाल, सुखी नेपालीको बनाउने तर्फ रहेको बताए। अझै पनि केन्द्रीयता मानसिकता रहेको भन्दै संघीयताको मर्म अनुसार अघि बढ्न नसक्दा समस्या देखिएको उनले बता ।
मुलुकलाई सम्वृद्ध बनाउन अब ढिलाई गर्न नहुने मुख्यमन्त्री कडेलले बताए । ७ दशक लामो समय अधिकार प्राप्तिको लडाँईमा बितेको र विगत ७ वर्षदेखि देश विकासको गतिमा अघि बढेको उनले बताए। आज संम्वृद्धि र विकासको कुरा प्राथमिकतामा परेको भन्दै मुख्यमन्त्री कडेलले जिम्मेवारीमा रहँदा र जिम्मेवारी बाहिर रहँदा पनि एकै दृष्टिकोण राख्न आवश्यक रहेको बताए।
मुलुकका सबै प्रदेश प्राकृतिक श्रोत र साधनले धनि रहेको भन्दै मुख्यमन्त्री कडेलले कर्णालीको साधन श्रोतको उपयोग गर्न सके देशको सम्वृद्धिमा सहयोग पुग्ने बताए। कर्णाली, धार्मिक तथा प्राकृतिक पर्यटन र जडिबुटीको खानी रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले बताए।