पूर्वाञ्चल खबर
प्रहरीले बालिका हत्या आरोपमा सुन्दरहरैचा ७ का २५ वर्षिय अजय चौधरी र २८ वर्षिय मिथुन चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दाजुभाई हुन् । उनीहरुले नाबालिकालाई पालैपिलो बलत्कारगरेपछि हत्या भएको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।
शुक्रबार साँझ साढे ५ घरमा खेल्दै गरेकी बालिकालाई बोकेर घरदेखि १ सय ५० मिटर पश्चिम घारीमा लगेर पालैपिलो बलत्कार गरेका थिए । ‘बालिकाको आमा घरमा काममा व्यक्त भएको बेलामा अजयले गएर बालिकालाई १० रुपैयाँ र चोकोपन दिएर घटनास्थल बनमारा झाँडीमा ल्याएर सुरुमा अजयले जवरजस्ती करणाी गरेका थिए । त्यसपछि दाजु मिथुनले गरेको खुलेको छ,’ एससपी जिसीले भने, ‘करणाी गर्दा बालिकालाई असय पिढा भएर रुन थालेपछि वारदत स्थलमा भेटिएको दुई वटा ढुङ्गा र बियरले बालिकाको टाउँकोमा प्रहार पनि गरेका थिए । त्यसपछि बालिका अचेत भइन् ।’
पालैपिलो बलत्कार गरेपछि हराएको एक घण्टापछि साढे ६ बजे बालिका घारीमा अचेत अवस्थामा भेटिएकी थिइन् । अचेत अवस्थामा भेटिएकी बालिकालाई विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आज विहान १२ः३६ बजेको समयमा मृत्यु भएको एसपी जिसीले जानकारी दिए ।