पूर्वाञ्चल खबर

कार्यक्रमको सुरुवात गर्दै दिगो विकास इन्स्टिच्युटका अध्यक्ष अभिषेक श्रेष्ठले सहभागीहरूलाई स्वागत गर्दै गोष्ठीको उद्दैश्य र आगामी दिनमा युवाहरूको भूमिकाबारे प्रकाश पारे । गोष्ठीमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी, ग्रिन सिटीका स्वयम्सेवक र युवाअभियन्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

त्यसैगरी, दोस्रो सेसनमा हरिन नेपालबाट, अधिवक्ताएवं जलवायु अभियन्ता तनुजा पाण्डैले “सडकको सङ्गठन, हाम्रो भविष्यको पुनप्र्राप्ति ः जलवायु न्यायको अग्रपङ्क्तिमा लडन नेपालकायुवाहरूको परिचालन“ विषयमा आफ्नो अनुभव साझा गरिन् । उनले ’सेभ निजगढ’ आन्दोलनको उदाहरण दिँदै भुइँतहको वास्तविकता, प्रणाली र अभियानकाकथाहरू कसरी तयार गर्ने र अभियानलाई बलियो बनाउने भन्नेबारे सहभागीहरूलाई प्रशिक्षित गरिन् ।
सहभागीयुवाहरू आफैं ३ वटा समूहमा विभाजित भई स्थानीय स्तरमा सञ्चालन गर्न सकिने सिर्जनात्मक जलवायु अभियानको खाकातयार पारेका थिए । आयोजकका अनुसार युवाहरूले तयार पारेका यीउत्कृष्ट अभियानहरूलाई आगामी दिनमा कार्यान्वयनकालागि प्राविधिक, वित्त तथा व्यवस्थापकीय सहयोग समेत उपलब्ध गराइनेछ, जस्ले युवा र बालबालिकालाई एक जुटभई जलवायु न्यायको मुद्दामा अगर्पन्तिमा कार्यक्रम गर्नेछन ।