AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

ग्रीनल्याण्ड कलेजका मनिषले गरे व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ भाद्र २०८०, शनिबार १७:३०
432
Shares
विराटनगर / विराटनगर–९ मा रहेको ग्रीनल्याण्ड कलेजका मनिष कुमार साहले व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम भएको छ ।

साहले राष्ट्रिय परीक्षाबोर्डले लिएको कक्षा १२ को परीक्षामा ३.९२ जिपिए ल्याई व्यवस्थापन संकायमा प्रदेश प्रथम भएका हुन् । त्यस्तै विज्ञानतर्फ उच्चतम ३.८६ जिपिए ल्याएको छ । दुवै सङ्कायतर्फ उत्कृष्ट नजिता आउनुमा वर्षै भरी कलेजले सञ्चालन गर्ने फ्री कोचिङ्ग तथा विद्यार्थी र शिक्षकको लगनशीलता नै प्रमुख रहेको कलेजका सञ्चालक भारवी न्यौपानेले बताए ।

वि.सं. २०७१ मा स्थापित भई ग्रीनल्याण्ड ंद्द ले विज्ञान र व्यवस्थापन सङ्काय सञ्चालन गर्दै आइरहेको रहेको छ । कलेजले स्थापना वर्षदेखि नै शिक्षा क्षेत्रमा नयाँ–नयाँ आयामहरु थप्दै आएको कलेजले जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको नतिजासँगै यस कलेजका विद्यार्थीहरु वर्षेनी विभिन्न विश्वविद्यालयद्वारा सञ्चालित इन्जिनियरिङ्ग, एम.बि.बि.एस्.तथा वि.वि.ए.मा समेत अत्याधिक संख्यामा पूर्ण छात्र वृत्तिमा नाम सफल रहेको कलेजका प्रिन्सिपल दिपक पोखरेलले बताए । यसै वर्ष मात्र एम.बि.बि.एसमा ११ जना, वि.डि.एसमा ९ जना, बि.एस.सि. नर्सिङ्गमा ९ जना, इन्जिनियरिङ्गमा ४२ जना र वि.वि.ए.मा २१ जना पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको प्रिन्सपल पोखरेलले बताए । अत्याधिक विद्यार्थीहरु छात्रवृत्तिमा नाम निकाल्न सफल प्रदेशको एक मात्र ग्रीनल्याण्ड कलेज रहेको कलेजले दावी गरेको छ ।

कलेजले कक्षा ११ देखि नै सुपर ४८ ग्रुप बनाई मेडिकल, इन्जिनियरिङ्ग, पारा मेडिकल, एप्लाइड साइन्स तथा सिम्याटका कक्षाहरु संचालन गर्ने गरेकाले विद्यार्थीहरुले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको दावी कलेजका सञ्चालक राजीव मिश्राले गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर