खबर पूर्वाञ्चल
विराटनगरस्थित सहिद मैदानमा अहिले भर्खरै सम्पन्न अन्तिम सेमिफाइनल खेलमा साविक विजेता शसस्त्र प्रहरी बल काठमाण्डौको एपिएफ क्लबलाई लुकाले पेनाल्टी सुटआउतमा ४–२ को गोल अन्तरले परजित गर्दै उपाधि नजिक प्रवेश गरेको छ ।
लुकाले फाइनल खेलमा घरेलु टोली विराटनगर सिटी एफसीसँग विहिबार प्रतिस्पर्धा गर्ने छ ।
पेनाल्टी सुटआउटमा लुकाको तर्फबाट चार्ज क्युजाको,महमद रफि, कप्तान महमद अर्सक,पौल ओपरेले गोल गरे भने महमद कियामुद्धिनको प्रहार एफिएफका किपर राजु नगरकोटीले बताएका थिए । यता एपिएफका दिपेश धिमाल र सविन गुरुङले गोल गरे । विशाल स्याङतानको प्रहार लुकाका किपर महमद सनपिरले डाइभ गरेरे बचाएका थिए भने एपिएफका किपर राजु नगरकोटीको प्रहार टम बारमा लागेर फर्किएको थियो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमबाट गोलरहित खेल बराबरी भएपछि जितको छिनोफानो पेनाल्टी सुटआउटबाट निकालिएको हो । पेनाल्टी सुटआउटमा लुका सकरका गोलपिकर सनफिर नायक रहे । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ पनि पुरस्कार पाएका छन् ।
उनले एपिएफका विशाल स्याङतानको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै एपीएफलाई सुरुआती अग्रता बनाउन रोकेका थिए ।
एपिएफ र लुका दुवै टिमले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा निर्धारित समयसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो ।
पाएको गोल गर्ने सुन्दर अवसर खेर फाल्दा सातौं संस्करणको उपाधि होल्ड गर्ने सपना एपिएफको चकनाचुर भयो ।
जितपछि प्रतिक्रिया दिदै लुकाका प्रशिक्षक न्याभसले खेलाडीहरुले राम्रो प्रर्दशन गरेको कारणले जित हासिल गरेको बताए । ‘अन्तर्राष्ट्रिय प्रतियोगितमा यो हाम्रो लागि पहिलो हो,’ उनले भने, ‘खेलाडीहरुले राम्रो खेल्दा उपाधि होल्ड गर्न पुगेका छौं ।’
यता एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले राष्ट्रिय खेलाडीको अभाव र केही खेलाडीहरु घाइते भएको कारणले हार व्यवर्हनुपरेको बताए । ‘खेलाडीहरुले थुप्रै अवसर पाएका थिए । त्यो सदुपयो गर्न गर्न चुक्दा हार भयो,’ उनले भने ।
उपाधि विजेताले २० लाख १५ हजार नगद पुरस्कार प्राप्त गर्दा उप विजेता हुने टिमले १० लाख २५ हजार प्राप्त गर्ने छ । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्ने छन् ।