खबर पूर्वाञ्चल
उनको शव नोबेल अस्पतालदेखि केही मास्तिर डेरा गरेको घरको बाथरूममा फेला परेको हो । धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले दास विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स रहेको बताए । डिएसपी दाहालका अनुसार दासको घर सिरहाको फुल्काह कटी हो । दास अस्पतालनजिक विराटनगर–४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा दिउँसो १२ बजेतिर शव फेला परेको डिएसपी दाहालले बताए । उनका अनुसार धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको हो ।
दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट छ । हत्यामा संलग्नको पहिचान खुल्न बाँकी रहेको छ । घटनामा संलग्न हत्यापछि शव छाडेर फरार भएको पाइएको डिएसपी दाहालले बताए ।
घटनाको अनुसन्धान सुरु गरेर हत्यामा संलग्नको खोजी थालिएको मोरङ प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया