खबर पूर्वाञ्चल
विराटनगरस्थित झी पुचः परिसर भित्र तेस्रो नेवाः महोत्सव आजदेखि सुरू भएको हो ।
उक्त महोत्सवको उद्घाटन प्रदेश १ का मन्त्री बुद्धीकुमार राजभण्डारीले गरे । भोलीसम्म संचालन हुने महोत्सव नेवारी खानाका परिवारको साथै अन्य विभिन्न सामुदायहरूको परिवार पनि रहेको छ । महोत्सवमा २० वटा खानाको परिकारसहित साँस्कृतिक कार्यक्रमहरू प्रस्तुती भयो । नेवार सामुदायका किशोर किशोरीहरूले ‘धिमी’ बाजा बजाएर महोत्सवमा थप रौनक भयो ।
खानाको परिकार बाहेक महोत्सवमा पर्यटक हाट पनि लागेको छ । दुई दिनसम्म संचालन हुने महोत्सवमा ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको कार्यक्रम संयोजक तथा झी पुच ः को वरिष्ठ उपाध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा प्रदेश १ का सांसद भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निरला कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललगायतको उपस्थीति रहेको थियो । उनीहरूले सांस्कृतिक संरक्षण र प्रवद्र्धनमा यस्ता महोत्सवमा ठुलो भुमिका खेल्ने बताए ।