AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

औषधी व्यवस्था विभागमा हेल्प डेक्स सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०७७, बुधबार १७:३८
495
Shares
विराटनगर / नेपाल औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयमा सेवाग्राहीलाई छिटो र छरितो तरिकाले सेवा पु¥याउने उद्देश्यले हेल्प डेक्स सञ्चालनमा आएको छ ।

नेपाल औषधी व्यवसायी संघ मोरङ, झापा र सुनसरीले संयुक्त रूपमा आज एक कार्यक्रम आयोजना गरि हेल्प डेक्स सञ्चालनमा ल्याएका हुन् ।

हेल्प डेक्सको शुभराम्भ नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेटलले गरे । कार्यक्रममा बोल्दै उनले सेवाग्राहीलाई सहज रुपमा छिटो क्षरितो तरिकाले सेवा प्रभाह गर्दै आएको बताए । हेल्प डेक्स सञ्चालनमा आएपछि सेवाग्राहीलाई थप सहज हुने उनको भनाई छ ।

लकडाउन सुरू भएयता बन्द भएपछि झापा, मोरङ र सुनसरीका औषधी व्यवसायीहरूले एक जना प्राविधिक राखेर सञ्चालनमा ल्याएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । हेल्प डेक्स सञ्चालनमा आएपछि व्यवसायीहरूको अनलाइन फर्मदेखि पसलको नविकरण र नयाँ पसल दर्ताको प्रक्रियामा सहजता प्रदान हुने उनले बताए । औषधी व्यवस्था विभाग विराटनगर शाखाबाट दैनिक ५० जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर