पूर्वाञ्चल खबर
विराटनगरस्थित प्याब्सन मोरङको भवनमा आज एक कार्यक्रम आयोजना गरि केही दिन अगाडी सम्पन्न भएको अधिवेशनबाट मोरङबाट निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरूलाई बधाइ तथा शुभकामना ज्ञापन गरेको हो ।
मोरङबाट प्याब्सनको केन्द्रीय उपाध्यक्षमा बासुदेब न्यौपाने, राजेश दास, सचिवमा हेमन्त कार्की र सदस्यमा केदार खनाल निर्विरोध निर्वाचित भएका थिए । यस्तै प्याब्सनको प्रदेश अध्यक्षमा टिकाराम ढकाल, उपाध्यक्षमा अर्जुन बस्नेत, कोषाध्यक्षमा राजेश आचार्य र सदस्यमा भुवन श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए ।
प्याब्सनको केन्द्रीय पदाधिकारी, सदस्य र प्रदेशको अध्यक्षसहित पदाधिकारी र सदस्यलाई बधाइ ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना मोरङ प्याब्सनले गरेको अध्यक्ष सीतला सुब्बाले जानकारी दिइन् । बधाइ तथा शुभकामना कार्यक्रममा मोरङ प्याब्सनका अध्यक्ष सुब्बा, वरिष्ठ उपाध्यक्ष प्रेमलालसिंह सुवाल, उपाध्यक्षमा भक्तराज सुब्बा, सुरेन्द्र सुवेदी, सचिवमा जगतबहादुर बस्नेत, कोषध्यक्षमा विष्णु डंगोल, सह–सचिवमा मनोज रेग्मी, विकर्ण कार्कीलगायतको उपस्थिती रहेको थियो ।