पूर्वाञ्चल खबर
झापा मोरङ र सुनसरीमा १० महिलासहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४८३ पुगेको छ । जसमध्ये २५८ जना निको भएर घर फर्किएका छन् ।
झापाका १२ जना, सुनसरीका ३ जना, मोरङका २ जना, तेह्रथुमका २ जना र ओखलढुंगाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । १० महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
मोरङको विराटनगर र सुन्दरहरैचामा १–१ जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगर नगरपालिकामा ३, बुद्धशान्तिमा ६, हल्दीबारीमा २, कचनकवलमा १ र विर्तामोडमा २ जना रहेका छन् । त्यसैगरि सुनसरीको धरानमा २, कोशी गाउँपालिकामा १ र ओखलढुंगामा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए ।