animated ellipse animated ellipse

प्रदेश १ मा आज थपिए ४ सय ५२ कोरोना संक्रमित, सवैभन्दा बढी मोरङमा २ सय ४२

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ आश्विन २०७७, सोमबार १९:२१
954
Shares
विराटनगर / प्रदेश १ मा आज ४ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सवै भन्दा बढी मोरङमा २ सय ४२ जनामा कोरोना संक्रमण देखिएको छ ।

मोरङ पछि सुनसरीमा १ सय ८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय ९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १ सय १ पुरुष छन् । मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरैचामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनबर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ ।

उता सुनसरीको धरानमा ८६, ईटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३, झापाको दमक र भद्रपुरमा ३–३, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७ सय ५१ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८ सय ५५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर