AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलमा शिक्षक–शिक्षिकालाई तीनदिने अनुशिक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ जेष्ठ २०८१, मंगलवार १८:५२
3
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले मन्टेश्वरीदेखि प्राथमिक तहका शिक्षक शिक्षिकालाई तीन दिने अनुशिक्षण तालिम दिइएको छ ।

२६ गतदेखि सुरु भएको अनुशिक्षण आज औपचारिक कार्यक्रमका साथ समापन गरिएको छ । अनुशिक्षणमा ४५ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका सह-प्राचार्य नारायण कडरीयाले बताए।

अनुशिक्षणमा सामाजिक भावनात्मक सिकाई प्रकृया, प्रगतिउन्मुख मानसिकता र बालबालिकालाई कसरी सहयोग गर्ने भन्ने जस्ता विषयमा अभिमुखिकरण दिइएको छ । अनुशिक्षणलाई रातो बंगला फाउण्डेसन ललितपुरका प्रशिक्षक मिदेश महर्जन र सदिक्षा बज्राचार्यले सहजिकरण गरे।

विगत तीन वर्षदेखि एभरेष्ट एजुकेशन फाउण्डेसनले रातो बंगला फाउण्डेसनसँग सहकार्य गरि शिक्षण पद्धतिको विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । यस्तै सिकाई प्रकृयामा कुनै बालबालिका नछुटुन् भन्ने उद्देश्यका साथ अघि बढेको एभरेष्ट स्कुलले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै अघि बढेको छ ।

‘युग सापेक्ष नविन शिक्षण सिकाई पद्दतिहरु अनुशरण गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो बुझाई हो’ एभरेष्टका प्राचार्य टिकाराम पुरीले भने,‘ यहि उद्देश्यका साथ एभरेष्टले गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्न लागि रातो बंगला फाउण्डेसन, कारखाना, बेलायतको डीजी स्कुललगायतसँग सहकार्य समेत गरेको छ ।

यस्तै एभरेष्टले नयाँ दिल्लीले सफल अभ्यास गरेको ह्यापीनेश करिकुलम तथा नैतिक शिक्षाका लागि आफ्नै करिकुलम समेत सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर