खबर पूर्वाञ्चल
बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात विद्यार्थीहरुलाई दीक्षित गरेको हो । इटहरीमा एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो । कलेजका ६२ जना विद्यार्थी दिक्षान्त कार्यक्रममा सामेल भएको कलेजका अपरेशन तथा विजनेस डेभलपमेन्ट प्रमुख विविक दाहालले जानकारी दिए ।
इनोभेट नेपाल ग्रुपका अध्यक्ष सुलभ वुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको र नेपाली बजार मात्रै हैन विश्वबजारलाई काम लाग्ने जनशक्ति उत्पादन गर्न सफल हुदै आएको बताए ।
कलेजमा विद्यार्थीहरुले अन्तर्राष्ट्रिय शिक्षा पाउन सफल भएको साथै नेपाल र नेपाल बाहिर पनि विद्यार्थीहरुले रोजगारीमा उच्च लगनका साथ काम गर्न सक्ने कलेजका प्रमख कार्यकारी डा ऋषिकेश वाग्लेले बताए ।
उक्त कार्यक्रममा कलेजले प्रदान गर्ने आइएनजी ग्रुप छात्रवृतिबाट एमबिए अध्ययन निशुल्क साथै रोजगारीको सुनिस्चता सहित कलेजकी छात्रा अमिसा आचार्यलाई सो छात्रवृति प्रदान गरिएको थियो ।
विराटनगर इन्टरनेशनल कलेजमा इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट सहित विगत ८ वर्षदेखि इन्टरनेशनल विजनेस म्यानेजमेन्ट (विआइबिएम) र विगत २ बर्षदेखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजले विदेश नै गएर ठुलो लगानीमा अन्तर्रास्ट्रिय शिक्षा लिनुपर्ने बाध्यतालाई चिर्दै नेपालमै बेलायतका कोर्ष सर्वसुलभ खर्चमा पढाउदै आएको छ ।