AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलको ईतिहास १५ हजार बर्ष पुरानो हो : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०७९, आईतवार १८:१३
72
Shares
विराटनगर / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १५ हजार बर्षदेखि खेलकुदको ईतिहास शुरु भएको बताएका छन् ।

आजदेखि विराटनगरमा शुरु भएको नेपाल खेलकुद महासंघको दोश्रो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।

१५ हजार बर्ष पहिला पशुपालनको युगसँगै घोडा चराउन थालिएको ईतिहास सुनाएका अध्यक्ष ओलीले घोडा चढेर सिकार खेल्दै जाँदा आवागमनको रुपमा तालिम दिएपछि घोड सवार शुरु भएको र त्यहीँदेखि खेलको शुरुवात भएको बताए । ‘सत्य युग हुँदै आधुनिक युगमा आउँदासम्म ८ हजार बर्षदेखि नयाँ खेलहरु विकास हुँदै आए, उनले भने, ७÷८ हजार बर्ष पहिलादेखि स्विमिङको भग्नावशेष पाईन्छ ।’

अध्यक्ष ओलीले जीवनको लागि स्वीमिङ र बाँच्नको लागि दौड अनिवार्य भएको बताए । सिंह र हरिणको कथा सुनाएका अध्यक्ष ओलीले सिंहभन्दा छिटो हरिण दौडिएन भने हरिण मर्छ हरिण भन्दा छिटो सिंह दौडिएन भने सिंह भोकै मर्छ त्यसैले दौडको अभ्यासले अभ्यस्त बनाउन सक्नु पर्ने बताए ।

अध्यक्ष ओलीले राणा, राजा र महाराजा तानाशाहीहरुले खेललाई समाप्त पारेको आरोप लगाए । ‘राजा महाराजाहरुले आफैलाई कुस्ती सिकाउने गुरूलाई हत्या गरेका थिए, उनले भने, तानाशाहीले अन्त्य गरेको खेलकुदको गतिबिधि प्रजातन्त्र पछि शुरु भएको हो ।’

नेपाल खेलकुद महासंघका संयोजक पर्शुराम बस्नेतले खेल क्षेत्रको एउटा भब्य उत्सव विराटनगरमा शुरु भएको बताए । १० बर्षसम्म हुन नसकेको महाधिबेशनलाई भब्य रुपमा विराटनगरमा उद्घाटन भएको बताए।

नेपाल खेलकुद महासंघको महाधिवेशनको बन्द सत्र आजैदेखि शुरु हुने जनाईएको छ । विराटनगरमा रहेको होटल मनास्लुमा बन्द सत्र शुरु हुने भनिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने महासंघका प्रदेश ईन्चार्ज सन्तोष वान्तवाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर