ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा क्रिकेट प्रशिक्षकलाई प्रशिक्षण तालिम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७९, शनिबार १७:४१
567
Shares
विराटनगर / क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम आज सम्पन्न भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीदआउट बाउन्ड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो ।

दक्ष प्रशिक्षक उत्पादन गर्दै क्रिकेट खेलको विकाश गर्ने उद्देश्यले आयोजना गरिएको तालिमका प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको गरी १५ जना क्रिकेट प्रशिक्षकहरूको सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिए ।

तालिमको प्रशिक्षकहरूमा बेलायतबाट आएका सारा बेग र लि बुथ रहेका रहेका छन् । ‘यो तालिम क्रिकेट प्रशिक्षकहरूको लागि प्रारम्भिक चरणको फाउनडेसन तालिम हो,’ प्रशिक्षक लि बुथले भने, ‘यो तािलममा क्रिकेटको प्राविधिक ज्ञानदेखि खेलको नियमहरूको बारेमा जानकारी गराइन्छ । यस्तो तालिम विगतमा ट्रेष्ट खेल्ने राष्ट्रहरुलाई मात्र सहभागि गराउने गरेको थियो । अहिले आइसिसिले सबै लागि खुल्ला गरिएको छ । ’ यस्तो तालिम खर्चिलो हुने गरेको छ । प्रारम्भिक चरणको यो तालिम लिएपछि लेभल १ र लेभल २ को तालिम लिन सहज हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर