AArya
animated ellipse animated ellipse

मेरिल्याण्डमा प्रवेश परीक्षाको आकर्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० असार २०८१, बिहीबार १७:१३
261
Shares
विराटनगर / विराटनगर – ७ स्थित एकमात्र व्यवस्थापन संकाय पढाइ हुने मेरिल्याण्ड कलेजमा आज कक्षा –११ मा नयाँ सत्रमा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि प्रवेश परीक्षा सम्पन्न भएको छ ।

विहान र दिवा सत्र गरि ७५० विद्यार्थीको कोटामा करिब १०१७ विद्यार्थीहरुको सहभागीता रहेको थियो । व्यवस्थान मात्र पढाइ हुने एकमात्र कोशी प्रदेशको कलेज नेपालकै उत्कृष्ट कलेज भएकोले व्यवस्थापन पढ्ने विद्यार्थीहरुको पहिलो रोजाईमा पर्ने गरेको छ मेरिल्याड ।

केशी, मधेश , लुम्विनी र सुदुरपश्चिम प्रदेशबाट विद्यार्थीहरु प्रवेश परीक्षा दिन आएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । जनकपुरबाट आफ्नो छोरीको प्रबेश परीक्षा दिलाउन आएका एक अभिभावकले भने पढेका विद्यार्थीहरुले मेरिल्याण्डले क्वालीटिमा कुनै कम्प्रोमाइज गर्दैन विद्यार्थीलाई पढाउन भन्ने सुन्नमा आएकोले त्यति टाढाबाट आएको हुँ उनले बताए । मेरिल्याण्ड अब्बल शैक्षिक संस्था हुनमा वार्षिक क्यालेन्डर अनुसार पठन पाठन हुनु, विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप गराउन,ु विद्यार्थीलाई कडा अनुसासनमा राख्नु वर्षैभरि निशुल्क कोचिङको व्यवस्था हुनु, उत्कृष्ट फ्याकल्टी र राम्रो करियर डेभलोपमेन्ट अपरचुनिटि जस्ता विशेषताहरु पनि हुन्, एक शिक्षक इश्वर दाहाल बताए ।

मेरिल्याण्डकी छात्रा दीया अग्रवालले २०७८ सालको कक्षा –१२ को बार्ड परीक्षामा ३.९६ जिपिए ल्याई नेपाल प्रथम भएकी थिइन् । मेरिल्याण्डबाट यसैवर्ष कक्षा – १२ दिएर बसेकी छात्रा कृपा थापाले मेरिल्याण्डको कक्षाको पढ्ने वातावरण पनि अन्य कलेज भन्दा फरक पाएको बताइन् । स्मरण रहोस मेरिल्याण्डले यहि असार २८ गते रसियन कल्चरहाउस काठमाडौँमा शिक्षा मन्त्रालयले यस वर्षको उत्कृष्ट मावि पुरस्कार दिने घोषणा गरेको सुचना मन्त्रालयबाट प्राप्त भएको प्रिन्सिपल ढकालले बताए । त्यस्तै आज प्रवेश परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि भर्ना अभियान जारि रहने प्रिन्सिपल ढकाल बताए ।

आजको विद्यार्थीको उल्लेखनिय सहभागीताले मेरिल्याण्ड कलेजलाई अझ अघि बढ्ने हौसला मिलेको हिसानका केन्द्रीय उपाध्यक्ष तथा कलेजका निर्देश्क भेषराज पोखरेल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर