animated ellipse animated ellipse

सडक निर्माणका विषयमा विवाद महिला अधिकारकर्मी साहमाथि कुटपिट

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ जेष्ठ २०७७, बिहीबार २०:०८
3
Shares
विराटनगर / सामाजिक अभियन्ता र महिला अधिकारकर्मी सन्जू साहमाथि कुटपिट भएको छ । बाटो बनाउने विषयमा विवाद हुँदा समुहमा आएका व्यक्तिहरुले साहलाई घरमै बसेको अवस्थामा कुटपिट गरेका हुन ।

विराटनगर–११ पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाको बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्ष समेत रहेकी साह माथि कुटपिट भएको हो । कुटपिटबाट घाईते शाहको विराटनगरस्थित कोशी अस्पतालको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।। उनको दुवै हात, छाती र टाउकोमा चोट लागेको जनाईएको छ । आफु आफ्नै घरमा बसिरहेको अवस्थामा आज दिउँसो १ बजे ६ जना पुरुष र १ महिलासहित एउटा निजी गाडीमा आएको हतियारधारी समुहले आफुमाथि आक्रमण गरेको साहले बताइन् । आफुलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गर्न समेत खोजिएपछि घरमा भएका नानीहरुले रुन कराउन थालेपछि आक्रमण गर्ने समुह गेट बाहिर निस्किएर भागेको उनको दाबी छ ।

घटनामा संलग्न भएको आशंकाका आधारमा १ जनालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएर अनुसन्धान थालेको वडा प्रहरी कार्यालय विराटनगर (क) का डिएसपी वेदप्रसाद गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर