AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कटहरीका उम्मेदवार भन्छन्, ‘चुनावमा प्रतिस्पर्धा, चुनाव पछि एकता’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ बैशाख २०७९, आईतवार १७:३८
297
Shares
विराटनगर / मोरङको कटहरी गाउँपालिकाका अध्यक्षका प्रत्याशीहरुले कटहरी गाउँपालिकालाई राम्रो बनाउनको लागि सबै एक भएर लाग्ने बताएका छन् ।

संवाद समुह मोरङले आयोजना गरेको कार्यक्रममा उम्मेदवारहरुले स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, सामाजिक सुरक्षा , सुकुम्वासी समस्या समाधानमा एक भएर लाग्ने बताएका हुन् । निर्वाचनको बेलामा भएका प्रतिबद्धतालाई नाराको रुपमा नल्याई नागरिकको जिवनसँग जोडेर जाने उम्मेदवारहरु बताउँछन् ।

नेपाली कांग्रेसका उम्मेदवार देवराज चौधरीले महानगरसँग जोडिएको पालिका भएर पनि हरेक क्षेत्रमा समस्या रहेको बताए । खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या रहेको उनको भनाई छ । उनले भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारी सिर्जनामा आफ्नो प्राथमिकतामा रहेको बताए ।

वडानम्बर १ देखि ४ सम्ममा खानेपानीको ब्यवस्था नभएकोले त्यहाँको नागरिकको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको ब्यवस्थापन मिलाउने उनको प्रतिबद्धता छ । अहिलेको अवस्यकता रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने भएकोले आफ्नो योजना त्यसमा केन्द्रीत हुने बताए । ‘कटहरीमा धेरै उद्योगहरु रहेको भए पनि भारतीय कामदारका कारण स्थानीयले काम पाउन सकेका छैनन्, उनले भने, कटहरीका नागरिकलाई उद्योगकालागि आवश्यक पर्ने जनशक्तिलाई तालिम दिएर ५० प्रतिशत रोजगारी त्यहीँको उद्योेगमा ब्यवस्थापन गरिने छ ।’ विराटनगरसँग जोडिएको कटहरीका नागरिक स्वास्थ्य क्षेत्रमा ठगिएको चौधरीको भनाई छ । ‘एउटा अस्पतालमा लग्छु भनेर अर्कै अस्पतालमा पुर्याएर ठगिएका बन्धक बनाईएको घटनाहरु प्रसस्तै घटेको छ, उनले भने, कटहरी गाउँपालिकाभित्रै २५ बेडको सुबिधा सम्पन्न अस्पताल बनाएर नागरिकलाई सहज स्वास्थ्य सेवाउपलब्ध गराउँछु ।’

नेकपा एमालेकातर्फबाट अध्यक्षका उम्मेदवार सुवास सरदारले निर्वाचित भएपछि कटहरीको पहिचान दिलाउने बताए । कृषि क्षेत्रको प्रवद्र्धन गर्नको लागि अहिलेसम्म काम नभएकोले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उनले सुनाए । ‘हरेक क्षेत्रमा बिचौलियाका कारण कटहरी गाउँपालिकामा समस्या देखिएको छ, उनले भने, बिचौलियाको अन्त्य गरि नागरिकको लागि सहज सेवा प्रवाह गर्ने मेरो पहिलो दायित्व हुनेछ ।’ आफु दलित भएको सुनाउँदै उनले अहिलेसम्मका जनप्रतिनिधिले गरिब र दलितको क्षेत्रमाकामै नगरेकोले आफ्नो प्राथमिकता गरिब र दलित समस्या समाधानमा केन्द्रित हुने बताए । उनले जेष्ठ नागरिकको सामाजिक सुरक्षाभत्ता वितरणमा समस्या रहेकोले घरघरमा सामाजिक सुरक्षाभत्ता पुर्याउने आफ्नो योजना रहेको उल्लेख गरे ।

उद्योगी र ब्यवसायीसँग समन्वय गरेर बेरोजगार युवाको लागि रोजगारीको अबसर सिर्जनागर्ने उनको प्रतिबद्धता छ ।

जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्षका उम्मेदवार मृत्युञ्जय झाले बिगतका जनप्रतिनिधिबाट भएका राम्रो कामको निरन्तरता र नराम्रो कामलाई निरुत्साहित गर्ने बताए । सामाजिक सुरक्षाभत्ता वितरणमा समस्या रहेको कारण जेष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता वितरणमा सहज बनाउने योजना रहेको सुनाए । उनले कटहरीमा २ हजार बढी घर सुकुम्वासीको रहेकोले उनीहरुलाई ब्यवस्थित बसोबासको माध्यामबाट समाधान गरिने प्रतिबद्धता जनाए ।

‘आर्थिक अबस्था कमजोर भएका, बिपन्नलाई स्वास्थ्यविमा कार्यक्रममा समेटेर जाने योजना छ, उनले भने, उद्याम शिलताको विकास गरि रोजगारीको अवसर सिर्जना गरिनेछ ।’ कटहरीमा ब्यवसायी कृषिमा लागेका किसानहरुको संख्या उल्लेख्य रहेको कारण उनीहरुलाई लक्षित गरि मल, बिउ तथा कृषिको लागि ऋण र अनुदान दिईने, कृषिऔजार बैँक संचालन गर्ने योजनाले कृषि क्षेत्रमा क्रान्तिगर्न सकिने झाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर