विराटनगर/ विराटनगरस्थित जिल्ला सरकारी वकिलको कार्यालय मोरङको नवनिर्मत भवनको उद्घान गरिएको छ ।
भर्चुयल माध्यमबाट महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले नवनिर्मत भवनको आज उद्घाटन गरेका हुन् ।
तीन कठ्ठा क्षेत्रफलमा निर्माण भएको तीन तलाको २३ वटा कोठा भएको सुविधा सम्पन्न भवन रहेको छ । कूल ३ करोड १४ लाख ८२ हजार ४ सय २५ रुपैयाँ लागतमा निर्माण भएको उक्त भवन अपाङ्गता मैत्री, पीडित मैत्री कक्ष, पुस्ताकालय, अभिलेखालय, सभाहल र कार्यालय प्रमुखको आवाससहितको भवन निर्माण भएको जिल्ला न्यायाधीवक्ता मनोजकुमार आर्चायले जानकारी दिए । कविन्द्र ईभान्सु इशा जेभीले ठेक्का पाएपछि दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता थियो । सुविधा सम्पन्न भवनदेखि कार्यसम्पादनमा सहजता प्रदान हुने जिल्ला न्यायधीवक्ता आचार्यले बताए ।
कार्यक्रममा बोल्दै माहान्यायाधीवक्ता अग्नी खरेलले तीन वर्षमा देशभरीमा ३९ वटा सरकारी वकिलको कार्यालयको भवन निर्माण भएको जानकारी गराए । उनले अपराधमुक्त समाज र न्याय सम्पदानमा राज्यले ठूलो लगानी गरेको बताए । ‘हामीले कार्यसम्पादनमा पञ्चवर्षिय रणनीति बनाएर योजना तय गरेका छौ,’ उनले भने, ‘अहिले तेस्रो पञ्चवर्षिय रणनीति बन्दैछ ।’ पीडितले न्याय पाउने गरि अभियोजन बनाएर न्याय सम्पादनमा सरकारी वकिलहरु अगाडी बढनुपर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया