पूर्वाञ्चल खबर


चिया पसल सञ्चालन गर्दा अवरोध नगर्ने बताएपछि आफूले पसल खोलेको पसल सञ्चालकको भनाइ छ । तोडफोडबाट पसलमा रहेको सोकेसको सिसा फुटेको छ भने खानेकुरा भुइँमा छरपष्ट बनाइएको छ । प्रहरीले तोडफोडमा घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने जनाएको छ ।
बन्दको क्रममा सञ्चालन गरेको भन्दै विराटनगरमा तीन वटा सवाधारी साधन तोडफोड भएको छ । विराटनगरको रोडशेषचौकमा विहान भारतीय नम्बर प्लेटको सवारी साधन तोडफोड गरेका छन् । रानी– विराटनगर सडक खण्डअन्र्गत दक्षिणदेखि विराटनगरतर्फ आउँदै गरेको १० सिजेएच ४४४ नम्बरको स्कारपियो गाडी तोफोड गरेको प्रहरीले जनाएको छ । बन्दकर्ताले तोडफोड गरेको उक्त गाडी आइसीपी निर्माण कम्पनीको गरेको बुझिएको छ । यस्तै विराटनगर २ तीनपैनी स्थित बा १ झ ९११८ नम्बरको सरकारी गाडी तोडफोड भयो ।
त्यस्तै तिनपैनी चौक अगाडी सरकारी गाडी तोडफोड भएपछि मोरङ प्रहरीले नेकपा मोरङको पार्टी कार्यालय अगाडीदेखि मोरङ जिल्ला संघर्ष समितिका सहसंयोजक पारुल क्षेत्रीसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले क्षेत्रीसहित विराटनगर महानगर संघर्ष समितिका सहसंयोजक हिरा मिरा, विराटनगर महानगर कमिटिका सचिवालय सदस्य सारदा मैनाली, विराटनगर महानगर सदस्य तथा नगर कार्यपालिका सदस्य चम्पा कार्की, राष्ट्रिय युवा संघ जिल्ला सदस्य संगम चौधरी, अनेरास्ववियू जिल्ला सचिवालय सदस्य उमेश ढुङ्गना पक्राउ गरेका थिए । प्रहरीले उनीहरू सबैलाई आज साँझ छोडेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
यस्तै विराटनगरको महेन्द्रचौकस्थित बा. १६ च ४४०४ नम्बरको कार बन्दकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ । उत्ता सुनसरीको धरानमा दुई वटा र इटहरीमा एक वटा सवारी साधनमाथि तोडफोड भएको छ । धरानको भानुचौकस्थित को १ ख ७०१६ नम्बरको पानी बोक्ने ट्याक्टर र को १ च ६७७१ नम्बरको कार तोडफोड भएको प्रदेश प्रहरीले जनाएको छ