AArya
RUMPUM
animated ellipse animated ellipse

तीन जना साझेदार साथीको हत्याको आरोपमा थप एक जना आरोपी पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ माघ २०७८, शुक्रबार १७:३६
1.82k
Shares
विराटनगर / ‘कमिशन’ एक्लै हत्याउन सिरहा नगरपालिका घर भइ काठमाण्डौंको बल्खुमा बस्ने ३१ वर्षिय अनिलकुमार मण्डलले भाडाका पेसेवर अपराधी झिकाएर तीन जना साझेदार साथीको हत्या गरेको आरोपमा थप एक जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

तीन जना साझेदार साथीको हत्याको आरोपमा प्रहरीले आज साँझ थप एक जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सुनसरी घर भएका प्रतिवादी रहेका छन् । अनुसन्धानको लागि थप एक जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले पुष्टि गरेका छन् । तर, थप पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले गोप्य राखेको छ । यस घटनामा अब दुई जना पक्राउ गर्न बाँकी रहेको छ ।

बिहीबार प्रहरीले मुख्य योजनाकारसहित तीन जना पक्राउ गरि आज ११ बजे पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ । प्रहरीले हत्या आरोपमा पक्राउ परेका मण्डलसहित मोरङको जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षिय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षिय नासिर आलम छन् ।

पत्रकार सम्मेलन गरेपछि घटनामा थप संलग्न एक जनलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्ति हत्या गरेपछि उखुबारीमा खाडल गर्ने रहेको घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले जानकारी दिए ।

ललितपुरको क्यान्सर अस्पताल नजिक रहेको २५ रोपनी ७ आना जग्गा बैंक ग्यारेन्टी मिलाएवापत आउने १ करोड ५० लाख रुपैयाँ ‘कमिशन’ एक्लै हत्याउन मण्डलले फरक फरक मितीमा तीन जना साझेदार साथीको हत्या गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको हो ।

मण्डलले आधा दर्जन भाडाका पेसेवर अपराधि झिकाएर एउटै शैलीमा तेह्रथमु संक्रान्ति २ घर भइ काठमाण्डौ बस्दै आएका ६३ वर्षिय मोहन लिम्बु, सुनसरीको धरान घर भइ भक्तपर बस्दै आएका ४८ वर्षिय राजेन्द्र श्रेष्ठ र सप्तरीको शम्भुनाथ नगरपालिका ४ घर भइ काठमाण्डौं बस्दै आएका ३२ वर्षिय शम्भु कुमार चौधरीको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर