AArya
RUMPUM
animated ellipse animated ellipse

‘हामीसबैले मानव बेचविखन लज्जास्पद कार्यलाई रोकथाम गर्नुपर्छ’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ श्रावण २०८२, आईतवार १८:४२
63
Shares
विराटनगर/ कोशी प्रदेश सभाकी उप सभामुख सिर्जना दनुवारले प्रदेश सरकारले प्रदेशका १३७ पालिकाहरुमा मानव बेच विखन रोकथामका लागि कार्य गरिरहेको बताएकी छिन् ।

राष्ट्रिय मानव अधिकार कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित मानव बेचविखन विरुद्ध राष्ट्रिय प्रतिवेदन तयारी सम्बन्धी परामर्श गोष्ठीमा उप सभामुख दनुवारले सरकारले नीति तथा कार्यक्रम बजेट मार्फत प्रदेशका सवै क्षेत्रमा सामाजिक विकास मन्त्रालयमार्फत मानव वेचविखन न्यूनिकरणको अभियानका रुपमा जनचेतनाको कार्य सञ्चालन गरिरहेको जानकारी दिइन् ।

उप सभामुख दनुवारले आज विभिन्न वहानामा मानव वेचविखन हुने कार्य भइरहेकोले यसलाई रोकथाम गर्न उपलव्ध कानुनको कडाईका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् ।

प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण बस्तीले वर्तमान अवस्थामा मानव बेचविखनको परिभाषा, स्वरुप पहचान गरी आवश्यक अनुगमन गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले तीन तहको सरकारको समन्वय गरी नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानवअधिकार आयोगका सचिव मुरारीप्रसाद खरेल, कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सचिव राजुप्रसाद गुरागाई, कोशी प्रदेश कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की,नेपाल पत्रकार महासंघ कोशीका महासचिव हेमा चेम्जोङ, आयोगका कोशी प्रमुख वीरबहादुर वुढामगर लगायत, माइती नेपालका विनोद पोखरे लगायतले २१ औँ शताव्दीमा मानव वेचविखन लज्जास्पद कार्य भएकोले यसको नियन्त्रणमा हामीसबैले पहरेदार भएर कार्य गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

कार्यक्रममा मानव वेचविखन विरुद्ध कार्य गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, मानवअधिकारका विभिन्न संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर