प्रहरीले उनलाई पक्राउ गरेपछि गत शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका थिए । अस्पतालले आज दिउँसो डिस्चार्ज दिएपछि प्रहरीले न्यायिक हिरासतमा राखेर आजदेखिनै अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
डाक्टर कर्णलाई लिन मोरङ प्रहरीका सईको नेतृत्वको प्रहरी टोली हस्पिटल पुगेको थियो । अनुसन्धान पछि पुनः हस्पिटल आउने भनेपछि मात्र उनी मोरङ प्रहरी जान राजि भएका थिए । उच्च रक्तचाप र मधुमेहको समस्या रहेको भन्दै कर्ण कोशी अस्पतालको जेनरल वार्डको सिङ्गल क्याबिन २१२ नम्बरमा बसेका थिए ।
पक्राउ परेका कर्ण र भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
पक्राउ परेका प्रतिवादीले अविवाहित किशोरीबाट जन्मिएको शिशु कता लगे अहिलेसम्म खुलेको छैन । कोशी अस्पतालका पूर्व मेसु समेत रहेका कर्णले अविवाहित जोडीबाट जन्मिएका शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराएको हुनसक्ने भएकोले त्यसतर्फ प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । ‘हस्पिटलबाट बेपत्ता पारिएको शिशुलाई चिकित्सक कर्णले मोटो रकम लिएर बचेको हनु सक्ने भएकोले सबै तिरबाट गहन अनुसन्धान सुरु गरिएको छ,’ उनले भने ।
पक्राउ परेका राई २६ वर्षीय किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रीनक्रस हस्पिटलमा प्रसूति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् । दुई जनाबिचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ ।
डा कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।
कर्णले यसअघि पनि शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई उपलब्ध गराउँदै आएको हस्पिटलका चिकित्सक बताउँछन् । उनी लामो समयदेखि यस्तो कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले यसतर्फ पनि अनुसन्धान अगाडी बढाएको छ ।
कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ । अवैध सम्बन्धबाट गर्भ रहने तथा अविवाहित प्रेम जोडीसँग डा। कर्णको भेट गराउने गिरोह नै सक्रिय रहेको अस्पताल स्रोतको भनाइ छ । नर्स स्तरका केही स्वास्थ्यकर्मी पनि उनको सहयोगी रहेको उनलाई नजिकबाट चिन्ने चिकित्सकहरू बताउँछन् । त्यस्ता जोडीको सम्बन्धबाट बसेको गर्भ पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा। कर्णले अन्यत्र बिक्री गर्दै आएको बुझिएको छ ।
Je garyo thikai xa kina vane Jasko bachcha hudaina uslai thah hunxa bachcha vene ko k ho Dr sahab le thik garnu vo yadi uha le help garne vayena vane tw kti k k gar thiyo thah xa tpai Haru lai ki marthiyo hola samaj ko dar le Ani Dr sahab le help garnu voo Aj kaal ko jawana ma ta Aama bau le ta free ma Aafno xora xoti lai hurkaudaina Ani tw ta Dr matra ho Ani kina Khali Dr lai matra sja dine Be Aaulad lai Santan dinu vo Dr le Ani kunai paap garako xaina uha le I am proud of him 👍👍🥰