RUMPUM
animated ellipse animated ellipse

मोरङको सुनवर्षीमा लागेको आगलागीबाट पाँचवटा घर जलेर नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८३, बिहीबार १०:४१
18
Shares
फाइल तस्वीर
विराटनगर / मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीमा पाँचवटा घर जलेर नष्ट भएको छ ।

स्थानीय दिलबहादुर कार्कीको काठले बनेको दुई तले घर, दुईवटा गाईगोठ, भान्छा घर र भण्डारघरसहित पाँचवटा संरचना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार साँझ ६ः ४५ बजेदेखि सुरु भएको आगलागी दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा राति ९ः१५ बजेतिर नियन्त्रणमा लिइएको थियो। आगो निभाउन रतुवामाई, रंगेली नगरपालिका र कानेपोखरी गाउँपालिकाबाट दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।

आगलागीका क्रममा गाईगोठबाट गाई गोरु निकाल्ने प्रयास गर्दा कार्कीकी नातिनी सुष्मा कार्कीको हातमा सामान्य चोट लागेको छ। गोठमा रहेका चारवटा गाई गोरुको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पटाका पड्काउने क्रममा आगो सल्किएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। आगलागीबाट एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरे पनि क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर