खबर पूर्वाञ्चल
उक्त फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्डहरूको सांगीतिक प्रस्तुती रहने कार्यक्रम व्यवस्थापक एवम संयोजक सन्तोष महत (स्यान्ट्रो) ले जानकारी दिए । म्यूजिक फेस्टिबलमा चर्चित गायक तथा ब्याण्ड स्वप्न सुमन र एस्टर्स पूर्ण राई मुख्य आकर्षण रहेका छन् । उनीहरुको दमकेदार प्रस्तुती हुनेछ । कार्यक्रममा फुट स्टल पनि रहने संयोजक स्यान्ट्रोले बताए । यस पटकको म्युजिक फेस्टिबल फरक तरिकाले नयाँपन दिने गरी तयारी गरिएको उनले बताए ।
‘संगीतप्रेमी दर्शक स्रोताहरुको लागि अनलाइनबाट पनि टिकट काटने व्यवस्था हामीले मिलाएका छौं,’ उनले भने, ‘त्यसको लागि मोवाइलमा आइएमबी एप डाउनलोट गरेर म्यूजिक फेस्टिबलको टिकट लिन सकिनेछ । त्यस बालेक पनि विराटनगरको २० भन्दा बढी स्थानमा टिकट पाइन्छ ।’
फेस्टिबल सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च हुने उनले बताए । यसअघि दुई पटक सफलता पूर्वक म्यूजिक फेस्टिबल सम्पन्न भएको छ । विराटनगरमा हुने यो फस्टिबल एक मात्र ठूलो सांगीगितक कार्यक्रम हो,’ संयोजक स्यान्ट्रोले भने, ‘यस पटक हुने फेस्टिबल पनि भव्य र सभ्य हुनेछ ।’ फेस्टिबललाई मनोरञ्जन दिन अन्तर्राष्ट्रिय स्तरको साउन्ड सिस्टम, स्टेज र लाइटको प्रयोग गरिने उनले बताए । यस्तो फेस्टिबलले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको संयोजक स्यान्ट्रोले बताए ।
म्यूजिक फेस्टिबलमा स्थानीय कलाकाराहरुको पनि प्रस्तुती हुनेछ । फेस्टिबल हेर्नको लागि आयोजकले २ सय रुपैयाँ टिकट राखेको छ ।