स्थानीय तहद्धारा खोप खरिदको अनुमति माग

खबर पूर्वाञ्चल, १४ जेष्ठ २०७८, शुक्रबार १६:२९
252
Shares

वेलबारी / कोरोना भाइरस कोभिड १९ संक्रमण रोकथामका लागि संघीय सरकारबाट खोप आउन समय लाग्ने देखिएपछि मोरङका स्थानीय निकाय आफै खरिदका अघि बढेका छन् ।

मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसख्या मन्त्रालयसँग स्वीकृति मागेको छ ।

वेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले नगरपालिकामा ४० हजार नागरिकलाई ८० हजार डोज खोप आवश्यक भएको बताएका छन् । खोप खरिदका लागि अनुमति माग्दै मेयर सुवेदीले जतिसक्दो चाँडो स्वीकृति दिएर खोप खरिदका लागि सहजता प्रदान गर्दै जनताको ज्यानको रक्षाका लागि सहयोग गर्न सङ्घीय सरकारसँग माग गरेका छन् ।

संघीय सरकारले सबै नागरिकलाई खोप उपलब्ध गराउन नसकिरहेको अवस्थामा नगरपालिका आफै खोप खरिदका लागि अघि सरेको उनले बताएका छन् । ८० हजार जनसंख्या रहेको नगरपालिकामा हालसम्म ३ हजारको संख्यामा सर्वसाधारणले खोप लगाएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका कर्मचारी एवं कोभिड १९ फोकलपर्सन सन्तोष विश्वकर्माका अनुसार नगरपालिकामा हालसम्म ३ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये पूर्ण रुपमा पहिलो र दोस्रो खोप ३ सय जनाले लगाएका छन् ।

कोभिड १९ फोकलसर्पन विश्वकर्माका अनुसार पहिलो चरणमात्र लगाएका २ हजार ७ सय जनाले अझै दोस्रो चरणको खोप लगाउन बाँकी नै रहेको छ। बेलबारीमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ५० भन्दामाथि छ । कोरोनाका कारण बेलबारीमा १० जनाको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

semi
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५