AArya
RUMPUM
animated ellipse animated ellipse

मोटरसाईकल चोरीमा संग्लग्न ६ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७८, बिहीबार १५:३५
297
Shares
झापा / मोटरसाईकल चोरीमा संग्लग्न रहेका १ जना भारतिय नागरीकसहित ६ जनालाई जिल्ला प्रहरी झापाले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका ७ का २१ बर्षीय प्रकाश सहनी, २४ बर्षीय प्रकाश दर्जी, २१ बर्षीय दिपक उराँव, २२ बर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका १ का ३० बर्षीय बिर्ख लिम्बु र भारत किसनगंजका १९ बर्षीय महम्मद समिम रहेका छन् ।

झापा जिल्लाका बिभिन्न स्थानहरुबाट मोटरसाईकल चोरीको घटना भएको भनी सवारी धनीहरुको लिखित निबेदन परेसंगै चोरी गर्ने व्यक्तिहरुको सुक्ष्म रुपले निग्रानी तथा पहिचान गर्दे क्रममा प्रकाश सहनी भन्ने व्यक्तिले मोटरसाईकल चोरी गरी बिक्री बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा सहनीलाई पक्राउ गरिएको थियो । सहनीले दिएको बयानका आधारमा चोरीमा संग्लग्न अन्य ५ जनालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मानीस पक्राउ परेसंगै उनीहरुले बिभिन्न समयमा बिभिन्न स्थानबाट चोरी गरेका ७ थान मोटरसाईकल समेत बरामद भएको र घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर