AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्छु –मन्त्री आले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७८, शुक्रबार १९:०५
1.07k
Shares
विराटनगर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरा गर्दै सो कुरा मन्त्री आलेले बताएका हुन् । उनले आगामी आइतबार वस्ने क्यानको वैठकबाट सो सम्वन्धि निर्णय गरिने जानकारी दिए ।

मन्त्री आलेले विराटनगर विमास्थललाई विस्तारका लागि नेकपा(एकिकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समेत निर्देशन दिनु भएको हुनाले सो सम्वन्धमा आवश्यक कार्य गर्ने प्रतिवद्धता जनाए ।

उनले विराटनगर विमानस्थलमा विस्तारमाका अधिग्रहण गरिने जग्गाको मुआव्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्व गठन गरिएको समितिको निर्णय अनुसार गरिने बताए ।विराटनगर विमानस्थल विस्तारका सम्वन्धमा जिटुजि, वुट तथा इपसियु तीन मोडल मध्ये एकको आधारमा कार्य गरिने जानकारी मन्त्री आलेले दिए । उनले नेपालमा हाल संचालनमा रहेका ३५ विमानस्थलका विस्तार , सुदृढीकरणका सम्वन्धमा उक्त्त वैठकले निर्णय गर्ने जानकारी दिए ।

मन्त्री आलेले विराटनगर विमानस्थलमा यात्रु सामान ढुवानीमा परेका समस्या समाधानका लागि आवश्यक पहल गर्ने त्यसका लागि लाग्ने बजेट निकासा गर्ने बताए । मन्त्रीले आले विराटनगर विमानस्थलको टिकट कक्ष लगायत अन्य अन्य क्षेत्रको निरीक्षण गरी गर्नु पर्ने सुधारका लागि आवश्यक पहल गर्न निर्देशन समेत दिए ।

मन्त्री आले नेपाल उद्योग परिसङ्घ प्रदेश समितिको वार्षिक साधारण सभाका लागि आज अपरान्ह विराटनगर आउएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर