animated ellipse animated ellipse

कलाकार उदय र मनिलाको एकल साँझमा झुमे कपल जोडी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ भाद्र २०८१, शनिबार १६:००
810
Shares
साँगीतिक साँझमा प्रस्तुती दिँदै गायक उदय र गायिका मनिला सोताङ्ग । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / विराटनगर ११ स्थित नेपाल विजनेश कलेजका ७ औं सेमिस्टरका विद्यार्थीहरुले आयोजना गरेको एकल सांगीतिक साँझमा कपल जोडीहरुले भरपुर सांगीतिक मनोरञ्जन लिएका छन् ।

द टाइमलेस टियुनेसू’ नाम दिइएको यो साँगीतिक साँझमा प्रख्यात कलाकार गायक उदय सोताङ्ग र गायिका मनिला सोताङ्गको प्रस्तुतले सहभागि भएका कपल जोडी र अतिथिहरुले शुक्रबार भरपुर सांगीतिक मनोरञ्जन लिएका हुन् ।

करिब २ घण्टासम्म चलेको साँगीतिक प्रस्तुतिमा श्रीमान श्रीमती उदय र मनिलाको गीत संगीतमा विराटनगरबासी मज्जाले झुमे, हुटिङ गरे । उनीहरुले एकल साँझमा संगीतको अनुभव लिए । रातको ८ बजेपछि स्टेज चढेका उदय र मनिलाले ‘आदिबाटो हिडेपछि तिमिसँग भेट भयो।।।। बोलको गीतबाट आफ्नो सँगीतिक प्रस्तुती आरम्भ गरे । सुरू गीतबाट दर्शकको हौसला पाएका उनीहरुले आफ्नो प्रेम कहानीको पनि बिच बिचमा सुनाएर रोमान्टिक वातावरण बनाए । गायिका मनिलालाई बुढी भन्दै सम्बोन्धन गर्ने उदयले दोस्रो गीत ‘तिमी बिना बाच्न गाह्रो भयो।।।।। बोलको गीत प्रस्तुत गर्दा जैन भवनभरी टेबलमा बसेका कपल जोडीले हुर्टिङ गरेर थप हौसला दिए । त्यसपछि उनीहरुले ‘माया नमार।।।, हजार जुनिसम्म।।।, मेरो हाल नसोध।।।लागयतको एक दर्जन बढी गीत प्रस्तुत मनोरञ्जन दिलाए ।

नेपाल विजनेश कलेजका बिबिए सातौं सेमेस्टरका ६२ जना विद्यार्थीहरूले यो एक साँगीतिक साँझ कार्यक्रम गरेको कार्यक्रम व्यवस्थापक रोहन बस्नेतले बताए । कलेजका प्रबन्ध निर्देशक दीपक कोइरालाका अनुसार यो कार्यक्रम विद्यार्थीहरूको पाठ्यक्रमको एक अंश हो ।

कार्यक्रम पश्चात् विद्यार्थीहरूले व्यवहारिक कार्य पत्र बुझाएर २० अंक प्राप्त गर्नेछन् । साँगीतिक साँझबाट मुनाफा भएको रकम विराटनगरस्थित विराटेश्वर वृद्धा आश्रममा सहयोग गर्ने उनीहरुले बताएका छन् ।

इभेन्ट निर्देशक रितिका घिमिरे र संयोजक सपना साहको नेतृत्वमा विद्यार्थीहरूले यो कार्यक्रम आयोजना गरेका हुन् । यसले विद्यार्थीहरूलाई इभेन्ट म्यानेजमेन्टको व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै पूर्वाञ्चल क्षेत्रमा नयाँ प्रकारको मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने अपेक्षा गरिएको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर