मातृभूमिद्वारा मुस्लिम बस्तिमा स्वास्थ्य शिविर

खबर पूर्वाञ्चल, २५ भाद्र २०७९, शनिबार २०:०४
414
Shares
विराटनगर / मुस्लिम महिलाहरुले रोग लुकाएर राख्नाले ज्यान जोखिम पर्ने कार्यलाई न्यूनिकरण गर्न स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

मुस्लिम समुदायकाको बाक्लो बसोबास रहेको विराटनगर महानगरपालिका–६ स्थित शहबजिया माध्यमिक विद्यालयमा आज एक दिने शिबिर सञ्चालन गरिएको छ।
मातृभुमि फाउण्डेशन नेपाल र विराट अस्पतालद्वारा संयुक्तरुपमा ओयोजित सो शिविरमा स्त्री रोग विशेषज्ञ डा. फरिदा खातुन र डा. जिआउल हकले सेवा प्रदान गरे ।
विरामीहरुलाई निःशुल्क औषधि वितरण गर्नु गर्नुका साथै प्रयोगशाला परीक्षणमा विशेष छुटको व्यवस्था गरिएको फाउण्डेशन नेपालका चाँद इराकीले जानकारी दिए ।
स्वास्थ्य जाँचमा १० जना स्वास्थ्यकर्मीहरुका साथै फाउण्डेशनका प्रिती यादव, कान्ति सहनी, महेश पासवान, अन्जली झाले प्रत्यक्ष सहयोग पु¥याएका छन् ।

शिविरबाट ५०० जना महिला तथा पुरुषहरु लाभान्वित हुने आयोजकले जनाएको छ । फाउण्डेशनले प्रत्येक वर्ष शिविर सञ्चालन गर्नुका साथै युवाहरुलाई शिक्षा, स्वास्थ्य र लागु औषध दुव्र्यशनका सम्वन्धमा जनचेतना जागृत गराउँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५