खबर पूर्वाञ्चल
मृतकका आफन्तहरूले घटनाको सत्यतथ्य बाहिर ल्याएर दोषिलाई हदैसम्मको कारवाही गर्न पीडित परिवारले पत्रकार सम्मेलन गरि माग राखेका हुन् ।
गत पुस १४ गते भण्डारीको पथरीशनिश्चरे नगरपालिको मंगलबारेस्थित युवराज बास्कोटाको घरमा मृतक अवस्थामा शव भेटिएको थियो । नेपाल कम्यूनिष्ट पार्टी(ओली समूह) का केन्द्रीय सदस्य समेत रहेका वास्कोटाको घरमा सुत्न जाने भन्दै भण्डारी पुस ज्ञघ गते गएका थिए । मृत अवस्थमा फेला परेका भण्डारीको शरिरमा निलडाम र कानमा पनि चोट देखिएको मृतकका आमा राधिका भण्डारीले जानकारी दिइन् । छोराको मृत्यु नभएर हत्या भएकोले प्रहरीले गहन रुपमा अनुसन्धान गरि दोषिलाई कारवाहीको दायरमा ल्याउनुपर्ने माग राखिन् । ‘छोराको मृत्यु भएको यतिका दिन भयो अहिलेसम्म प्रहरीले आरोपीलाई ल्याएर अनुसन्धान गरेको छैन,’ पत्रकार सम्मेलनमा उनले भनिन्, ‘मेरो छोरा मृत्यु नभएर हत्या भएको हो । मैले किटानी जाहेरी पनि दिएको एक साता भन्दा बढी भयो । अहिलेसम्म प्रहरीले पक्राउ गरि अनुसन्धानको दायारामा ल्याएको छैन ।’
मृतकका आमा राधिकाले छोराको हत्या आरोप लगाउँदै नेता बास्कोटा विरुद्ध किटानी जाहेरी इलका प्रहरी कार्यालय पथरीमा दिएकी थिइन् । तर, प्रहरीले हालसम्म बास्कोटालाई पक्राउ गरी अनुसन्धान अघि नबढाएको पीडित परिवारको गुनासो छ । नेता बास्कोटालाई संरक्षण गरेकोले प्रहरी प्रशासनले पक्राउ नगरेको पीडित परिवारको भनाई छ । प्रशासनले न्याय दिने तर्फ भन्दा पनि नेता बास्कोटालाई उन्मुक्ति दिन खोजेको आमा राधिकाको आरोप छ ।