युवा जागरण अभियान मञ्चद्वारा आगलागी पीडितलाई ३ लाख १२ हजार हस्तान्तरण

खबर पूर्वाञ्चल, २८ असार २०७७, आईतवार १६:००

विराटनगर /संखुवासभाको धर्मदेवि नगरपालिका ८ मा रहेको युवा जागरण अभियान मञ्चले आगलागी पीडितलाई सहयोग गरेको छ । मञ्चले ३ लाख १२ हजार ३ सय ७७ रुपैयाँ आगलागी पीडितलाई सहयोग गरेको हो ।

युवा जागरण अभियान मञ्च धर्मदेवि नगरपालिका वडा नम्बर ८ का सल्लाहकार माधबप्रसाद नेपालले आगालागी पिडित कमला श्रेष्ठ उक्त रकम हस्तान्तरण गरेका थिए । आगलागी पीडितलाई विभिन्न मनकारी विदेश र स्वदेशमा रहेका व्यक्तिहरूले सहयोग गरेका हुन् । सहयोग रकम हस्तान्तरण कार्यक्रममा धर्मदेवि नगरपालिकाको नगर प्रमुख रमेशकुमार जिमीको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KVM

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५