ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा आत्महत्या न्युनीकरण तथा व्यवस्थापन अभियान समिति गठन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ माघ २०८१, सोमबार १८:३७
54
Shares
विराटनगर / मोरङमा आत्महत्या न्युनीकरण तथा व्यवस्थापन अभियान समिति गठन गरिएको छ ।

नेपाल प्रहरीको आत्महत्या न्युनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१ अनुसार मोरङका प्रहरी प्रमुख संयोजक रहने गरि १८ सदस्यीय समिति गठन गरिएको हो ।

समितिमा मनोचिकिसक, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, शिक्षा विकास तथा समन्वय इकाई, रेडक्रस, स्काउट, उद्योग बाणिज्य संघ, गैरसरकारी संस्था, लागूऔषध दुव्र्यसनी पुर्नस्थापना केन्द्रलगायतका सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु रहने गरि जिल्ला स्तरिय समिति गठन गरिएको छ । समितिको पहिलो बैठक बसी आत्महत्या न्युनीकरणका विषयमा छलफल गरेको छ ।

समितिले आत्महत्या न्युनीकरणका लागि विभिन्न सचेतनामुलक लगायतका कार्यक्रमहरु गर्ने मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । एसपी चिमरियाले स्थानीय तह स्तरमा पनि समिति बनाईने बताए । उनका अनुसार मोरङमा पछिल्लो ६ महिना साउनदेखि पुस मसान्तसम्म १५६ वटा आत्महत्याका घटना भएका छन् । एपसी चिमरियाले विभिन्न अध्ययन अनुसन्धान अनुसार आत्महत्या एउटै कारणले नभएर धेरै कारणहरुबाट हुने गरेको पाईएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर