animated ellipse animated ellipse

घरेलु टोली अमेरिका पहिलो टी–२० क्रिकेटमा नेपालसँग पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ कार्तिक २०८१, शुक्रबार १०:०७
126
Shares
विराटनगर / घरेलु टोली अमेरिकालाई पहिलो टी–२० क्रिकेट खेलमा नेपालले पराजित गरेको छ ।

ग्राण्ड प्रेरी रंगशालामा आज विहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको हो ।

घरेलु टोली अमेरिकाले नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउँदा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउँन सक्यो । अमेरिकाका शायन जहानगिरले अविजित ६० रनको पारी खेले । शायनबाहेक आन्द्रेस गौसले ३० रन, मिलिण्ड कुमारले २२ रन र जसदीप सिंहले १६ रन बनाए । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिँदा करण केसी, रिजन ढकाल र गुल्शन झाले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ४९ रनको योगदान गरे । उनले १ छक्का र चार चौका प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १ छक्का र २ चौकासहित २८ रन , अनिल साह र आसिफ शेखले समान २७–२७ रन र गल्शन झाले ११ रनमा आउट भए ।

अमेरिकाका हरम्रीत सिंहले २ विकेट लिँदा सौरभ नेत्रवालकर र जसदीप सिंहले २–२ विकेट लिए । त्यस्तै अली खान र नोष्थुश केंजिगेले समान १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर