AArya
RUMPUM
animated ellipse animated ellipse

केहि खुकुल्लो गदै मोरङमा निषेधाज्ञा एक साता थपियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ जेष्ठ २०७८, सोमबार १५:२३
3.23k
Shares
विराटनगर / निषेधाज्ञा केहि खुकुल्लो गदै जिल्ला प्रशासन कार्यालय मोरङले मोरङमा निषेधाज्ञा एक साता थप भएको छ ।

आज बसेको जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै एक साता समय थप गरेको हो । एक सातापछि प्रोटोकल बनाएर निषेधाज्ञा खुकुलो बनाइने जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

यसअघि जारी भएको निषेधाज्ञा असार १ गते सकिँदैछ । अबको निषेधाज्ञामा खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, माछामासु, विद्यालयका पुस्तक बिक्री वितरण गर्ने पुस्तक पसललगायतका व्यवसायहरु विहान ५ बजेदेखि बिहान ११ बजेसम्म संचालन गर्न पाइनेछ । यस्तै अब वर्कसपहरु विहानैदेनि संचालन गर्न सकिने छ ।

सरकारी कर्मचारीहरुले कार्यालय आउन र कार्यालय समय पश्चात घर फर्किन आ–आफ्नो परिचयपत्रको प्रयोग गरी आवतजावत गर्न सक्ने छन् भने दूध तथा दूधजन्य पदार्थ विक्री गर्ने डेरी पसल बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म संचालन गर्ने पाइने छ ।

मोरङमा पहिलोपटक बैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने अल्पकालिन निषेधाज्ञा जारी गरिएको थियो । त्यसपछि बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले भने निरन्तर निषेधाज्ञाको समयावधि थप गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर