RUMPUM
animated ellipse animated ellipse

आज ४ सय २६ जना कोरोना सङ्क्रमित थपिए, सङ्क्रमितको संख्या ८ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ असार २०७७, शुक्रबार १८:५९
3
Shares
काठमाण्डौ / नेपालमा आज थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । थपिएका मध्ये ८८ जना महिला हुन् भने ३ सय ३८ जना पुरुष रहेका छन् ।

आज थपिएकासहित नेपालमा सङ्क्रमितको संख्या ८ हजार २७४ पुगेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । प्रवक्ता डा. गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा सङ्क्रमण देखिएको छ । नेपालमा हालसम्म २२ जनाको भने कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । १ हजार ४ सय २ जना भने उपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २ सय १६ रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर